गाउँमै स्वास्थ्य परिक्षण गराएपछि माथागढी गाउँपालिकाका स्थानीयमा खुसी

पाल्पा, (माथागढी)मंसिर १२/ स्वास्थ्य परिक्षणका लागि जिल्ला सदरमुकाम वा नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता खेप्दै आएका स्थानीयहरु स्थानीय स्तरमै स्वास्थ्य परिक्षण गराउन पाउँदा खुसी भएका छन् । नेपाली सेना गोरखदल गण पाल्पाले माथागढी गाउँपालिकाको व्यवस्थापन र समन्वयमा सैनिक नागरिक सम्बन्ध सुदृढ गर्न उद्देश्यले आयोजना गरेको स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गरेपछि स्थानीयहरु खुसी भएका हुन् । माथागढी गाउँपालिका–५ हात्तीलुङ मा डाक्टर सहितको स्वास्थ्य शिविरमा दुई सय चालिस जनाले स्वास्थ्य परिक्षण गराएका छन् । परिक्षणमा एक सय ४५ जना महिला, ७८ जना पुरुष र १७ जना बालबालिका गरी दुई सय चालिस जनाले सेवा लिएका हुन् ।

शिविरमा क्या.डा. विजयप्रकाश श्रीवास्तव र डा. झपिन्द्र ढकालबाट स्वास्थ्य उपचार गरिएको थियो । शिविरमा मुटु, मधुमेह, पेट सम्बन्धी उपचार र निशुल्क औषधी बितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । दुर्गममा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दा सेना र जनताबिचको सम्बन्धमा सुमधुर बन्ने विश्वास लिएको गोरखदल गणका सूचना अधिकारी मनोज ढंगोलले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *