‘गाउँमा प्राविधिक शिक्षा पुर्याउने गृहकार्यमा सरकार’

हाम्रा संवाददाता
गुल्मी, असोज २३/प्रदेश पाँचका सामाजिक विकासमन्त्री शुदर्शन बरालले गाउँ–गाउँमा प्राविधिक शिक्षा पु¥याउने गृहकार्यमा प्रदेश सरकार लागेको बताएका छन् । वर्तमान समय सूचना र प्रविधिको युग भएकाले अब गाउँ–गाउँमा प्राविधिक शिक्षा आवश्यक रहेकाले त्यसको वातावरण प्रदेश सरकारले मिलाउन लागेको मन्त्री बरालले बताए ।
सोमबार गुल्मी जिल्लाको ईश्मा गाउँपालिका वडा २ पालुखा माध्यमिक विद्याालयले आयोजना गरेको धार्मिक तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् । उनले प्राविधिक शिक्षा सबैको पहुँजमा पुग्ने गरी गाउँमै प्राविधिक विद्यालय खोलिने बताए । सामान्य नेपालीका छोरा छोरीहरुले पनि घरमै बनाएको आटोपिठो खाएर प्रविधिक शिक्षा प्राप्त गर्न सक्ने वतावरण सरकारले मिलाउन लागेको मन्त्री बरालले जानकारी दिए । नेपालमा डिग्री हासिल गरेर शैक्षिक प्रमाणपत्रहरु सिरानी लगाएर सुत्नुपर्ने बाध्यताको अन्त्य गर्न प्राविधिक शिक्षा आवश्यक रहेको मन्त्री बरालले औल्याए । उनले भने ‘प्राविधिक शिक्षाले मात्रा बेरोजगारको अन्त्य हुनेछ ।’ अब विश्वका जुनसुकै कुनामा पनि प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा हासिल गर्नुपर्ने वर्तमान आवश्यकता रहेको भन्दै मन्त्री बरालले विद्यालय र क्याम्पसहरुलाई त्यस्तो खालको शिक्षामा जोड दिन आग्रह गरे ।

उनले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकाले गाउँ घरमै कृषि, जेटिए लगायतका प्राविधिक शिक्षालाई विस्तार गरी मूलुकमा देखिएको बेरोजगारलाई अन्त्य गर्ने बताए । गाउँ र शहरलाई जोडने माध्यम भनेकै प्रविधि हो मन्त्री बरालले भने, ‘यसलाई मन्त्रालयले गम्भीरताका साथ लिएको र गाउँमा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्नेछ ।’ शैक्षिक तथा धार्मिक महोत्सबाट उठेको रकमलाई सहि सदुपयोग गरी प्राविधिक शिक्षा स्थापना गर्न मन्त्री बरालले जोड दिए । उनले विद्यालयलाई स्थानीय सरकारसँग सहकार्य गरी विद्यार्थीहरुलाई प्राविधिक शिक्षा लिन बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न सुझाव दिए ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *