गाउँपालिका अध्यक्षको पहलमा व्रेन ट्युमर पीडितलाई प्रवासी युवाहरुको आर्थिक सहयोग

पाल्पा,असार २६/आर्थिक अभावमा उपचारमा समस्या भएर काठमाडौंको वीर अस्पताको ३४५ नम्वरको वेडवामा छटपटाई रहेका व्रेन ट्युमर पीडित हरी भूषाललाई बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको पहलमा प्रवासी युवाहरुले आर्थिक सहयोग गरेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका ८ घिउसीवासका ३५ वर्षका भूषालको उपचारका लागि अमेरिकामा रहेका नेपाली र गाउँपालिकाका अध्यक्ष सहितका व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् । बगनासकाली गाउँपालिका ९ घर भई वैदेशिक रोजगारीको शिलशिलामा हाल अमेरिकामा रहेका रामप्रसाद बस्याल, विष्णु बस्याल लगायतका नेपाली युवाहरु मिलेर दुई लाख एक हजार सात ७३ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालबाट पाँच हजार, क्राउन होटल तानसेनकी सञ्चालक ज्ञानु कार्कीबाट चार हजार गरी दुई लाख १० हजार सात सय ७३ रुपैयाँ सहयोग भएको हो ।
भुषालको उपचारमा आर्थिक अभाव भएको थाह भएपछी गाउँपालिका अध्यक्ष बस्यालले विदेशमा रहेका नेपालीहरुसँग सहयोगको पहल गरेका थिए । संकलित रकम गाउँपालिकाका अध्यक्ष बस्यालले काठमाडौं पुगेर विरामी पीडितका परिवारलाई विहिबार हस्तान्तरण गरेका छन् । विरामी परेर बेडमा छटपट्याई रहेको देख्दा र सुन्दा आँसुनै आयो र थोरै भएपनि उपचारमा सहयोग होस भनेर बैदेशिक रोजगारमा रहेका दाजुभाईहरुसँग सक्दो सहयोग संकलन गरी सहयोग गरेको अध्यक्ष बस्यालले बताए । रकम वुझेपछी पीडितका परिवारले आपतको वेला सहयोगको पहल गर्ने अध्यक्ष बस्याल र बदैशिक रोजगारमा रहेका अन्य सहयोगी मनहरुलाई धन्यवाद दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *