गणपति महाअनुष्ठानको आम्दानी तथा खर्च सार्वजनिक

पाल्पा, असार २/पाल्पाको तेल्घामा गत फागुनमा सञ्चालन गणपति महाअनुष्ठानको आम्दानी तथा खर्च सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनको आयोजना गरी समितिले गणपति महाअनुष्ठानमा भएको आम्दानी र खर्च सार्वजनिक गरेको हो ।

पाल्पाको तेल्घास्थित गुफाचउरमा भगवान गशेणको विशाल मुर्ति राखेर यस क्षेत्रका धार्मक पर्यटक भिœयाउने उद्देश्यका साथ गत २०७५ फागुन १ गतेदेखि ११ गतेसम्म आयोजित महायज्ञमा ३१ लाख ६८ हजार २ सय ४७ रूपियाँ आम्दानी भएको आयोजकले जनाएको छ । महायज्ञ सञ्चालनका क्रममा २८ लाख ३५ हजार ९ सय ८२ रूपियाँ खर्च भएको मूल आयोजक समितिका सहसंयोजक एवं तानसेन वडा १० का वडा अध्यक्ष लोचनप्रसाद तिमिन्सिनाले जानकारी दिए । सहसंयोजक तिमिन्सिनाले केही व्यक्तिको दान रकम संकलनमा भएको ढिलाइले आम्दानी खर्च सार्वजनिक गर्न ढिलाइ भएको बताए । उनले भने ‘श्रीमद् भागवत महायज्ञमा दान गर्नुहुने सबैलाई धन्यवाद र अन्य कार्यमा सघाउनुहुने सबै महानुभावहरूलाई धन्यवाद छ, हाम्रो दान संकलन गर्ने क्रममा ढिलाई भएकाले आम्दानी र खर्च सार्वजनिक गर्न ढिलाइ भयो ।’

यसैगरि महायज्ञ मूल समितिका सचिव मोहनलाल गैरेले महायज्ञ सञ्चालनले यस क्षेत्रको धार्मिक प्रचार–प्रसार र धार्मिक जागरण गर्नमा सहयोग पुगेको र गणेश मुर्तिलाई गुफाचउरसम्म पु¥याउनका लागि केही हदसम्म सहयोग भएको बताए । उनले सुरूदेखि नै आफूहरू गणेशको मुर्ति ल्याएर तानसेन र पाल्पाको धार्मिक पर्यटन विकासमा लाग्ने संोच रहेको र सोही अनुसार अहिले ढिलो गरेर भएपनि काम भइरहेको जनाए । उनले छिट्टै गणेशको मुर्ति तेल्घाको गुफाचउरमा लैजाने योजना रहेको जानकारी दिए । समितिले अझै केही दान संकलन हुन बाँकी रहेको बताउँदै महायज्ञको मूल उद्देश्य पूरा भएको जनाएको छ ।

कार्यक्रममा स्थानीय बासिन्दा, पत्रकार दाता तथा आयोजक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा तानसेन ७ का वडा अध्यक्ष मुक्तिराम जिसी, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, महासंघका कोषाध्यक्ष मिलन विश्वकर्माले समेत आफ्नो धारणा राखेका थिए । कार्यक्रम मूल आयोजक समितिका सहसंयोजक लोचनप्रसाद तिमिन्सिनाको अध्यक्षता र समितिका सचिव मोहनलाल गैरेको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •