ख्याहाका ४३ उपभोक्तालाई निःशुल्क विद्युत मिटर र तार

कृष्ण पोखरेल
पाल्पा, जेठ ३१/रिब्दीकोट गाउँपालिका १ ख्याहाका उपभोक्ताहरुलाई निःशुल्क विद्युत मिटर र कालो तार वितरण गरिएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण शाखाले एक कार्यक्रम गरी ख्याहाका अति गरीब, विपन्न ४३ उपभोक्ताहरुलाई निःशुल्क मिटर तथा कालो तार वितरण गरेको हो । वडा अध्यक्ष विष्णु गैरे, वितरण शाखाका प्रमुख रामु श्रेष्ठ, प्राधिकरण शाखाका प्रशासन प्रमुख चर्तुभुज गौतम लगायतले उपभोक्तालाई निःशुल्क मिटर वितरण गरेका थिए ।

जिल्लाका सबै घर–घरमा विद्युत सेवा पु¥याउन नेपाल विद्युत प्राधिकरण वितरण शाखाले नयाँ अभियान शुरु गरेको छ । जिल्ल्लाका १० वटै स्थानीय तहका वडा–वडा, टोल–टोलमा विद्युत सेवा पु¥याउँदै प्रत्येक नागरिकहरुलाई सेवा दिन वितरण शाखा लागेको हो । कार्यालयले सबै स्थानीय तहबाट अति गरीब, विपन्न, असाहय घरपरिवारहरुलाई विद्युत सेवा प्रवाह गर्नको लागि निःशुल्क मिटर वितरण अभियान शुरु गरेको छ । कार्यालयले अति गरीब, विपन्नहरुलाई वडा हँुदै स्थानीय तहको सिफारिसमा निःशुल्क विद्युत मिटर, पोलदेखि घरसम्मको कालो तार र घरवरिपरी पोल नभए पोल समेत गाडी विद्युुतलाईन विस्तार गर्दै आएको वितरण शाखाका प्रमुख श्रेष्ठले बताए । प्राधिकरणले साँस्कृतिक सम्पदा, धार्मिक स्थानहरुमा समेत निःशुल्क मिटर वितरण गर्ने जनाएको छ । वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष गैरेले प्राधिकरणले शुरु गरेको यो अभियानबाट कुनैपनि गरीब तथा विपन्न वर्ग विद्युत उपयोग गर्नबाट बञ्चित नहुने बताए । वितरण शाखाका प्रमुख श्रेष्ठले आगामी २ वर्ष भित्र जिल्लाका सबै स्थानमा विद्युुत पु¥याउने, सबै घर–घरमा विजुली बत्ति बाल्ने, सबै स्थानका काठे पोल हटाएर फलामे पोलको प्रयोग गर्ने बताए । प्राधिकरणले शुरु गरेको अभियानले अति गरीब तथा विपन्न उपभोक्ताहरु लाभान्वित भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •