खोसिएको खुसी कविता संग्रह विमोचन

पाल्पा, माघ २०/धवल पुस्तकालय पाल्पाको प्रकाशन, स्वास्थ्थकर्मी रुक्मागत शर्माद्वारा लिखित खोसिएको खुसी कविता संग्रह विमोचन भएको छ ।
वरिष्ट संगीतकार एवं वरिष्ट स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले खोसिएको खुसी कविता संग्रहको शनिबार तानसेनमा विमोचन गरे । कविता संग्रहमा ४ सय २३ वटा कविता समावेश रहेका छन् । कविता संग्रह विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार रिजालले नेपाली साहित्यमा नयाँ शैलीको कविता संग्रह खोसिएको खुसी आएको बताए । कार्यक्रमम पाल्पा क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य सोमप्रसाद पाण्डेले पाल्पाको पुरानो पहिचानलाई फर्काउन, पाल्पालाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न जनतासंग काध–काध मिलाएर काम गर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर राना, डा. पुरनमान बज्राचार्यले निर्वाचनमा मात्र राजनीतिक दलहरु बिच प्रतिस्पर्धा भएपनि विकास निर्माणको काममा मिलेर अघि बढ्ने बताए । तानसेन नगर प्रमुख अशोककुमार शाही, ईन्जिनियर भीमार्जुन पाण्डे, समाजसेवी राजेश्वर उदय, शंकर प्रसाद गैरे, शिक्षाविद बुद्धिप्रसाद शर्मा, लगायतले शुभकामना दिए भने साहित्यकार तथा भाषा विज्ञहरु टंक भट्टराई र डा. रामप्रसाद ज्ञवालीले समीक्षा गरेका थिए । धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टंक पन्तको स्वागत महासचिव राजेशकुमार अर्यालको सञ्चालन
भएको थियो ।

  • 61
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *