कौरव खत्री
गुल्मी,कार्तिक ८/जिल्लाको चन्द्रकोट गाउँपालिकामा सञ्चालित खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजक टिम झरना युवा क्लव चन्द्रकोटले हात पारेको छ । प्रतियोगितामा जिल्लाका १४ समूहको समुहको सहभागिता रहेको थियो । उपाधि प्राप्त टिमले नगद ५० हजार टफी र प्रमाण पत्र र दोस्रो हुने नेचुरल झरना युवा क्वल अर्जेवाले नगद ३० हजार टफी, प्रमाण पत्र प्राप्त गरेका छन् । झरना युवा क्लव चन्द्रकोट गाउपालिका ६ झापकले आफ्नो १८ औ बार्षिकउत्सव तथा साँस्कृतिक जीवराज आश्रित स्मृति रनिङ्ग कपका अवसरमा प्रतियोगिता सञ्चालन गरेको हो । सोही अवसरमा राष्ट्रि«य लोक दोहारी गायक सन्तु थापा,निकिता गुरुङ्ग,नर बहादुर राना, सागर आले,उदय पुन, नव कलाकार नवराज बस्याल,लक्ष्मी बोहोरा लगायतको सांगितिक प्रस्तुती रहेको थियो । कार्यक्रममा जीवराज आश्रित स्मृति रनिङ्ग भलिबल प्रतियोगिता,तीर हान्ने खेल,स्थानीय तृत्य तथा झाँकी समेत प्रर्दशन गरिएको थियो । युवा शक्ति नै समाज र राष्ट्रका मेरुदण्ड हुन भन्ने मुल नारा सहित २०४७ सालमा स्थापना भएको युवा क्लवले पछिल्लो समयमा खेल क्षेत्रको विकासका लागि क्लवले आफ्नै नाममै २० रोपनी,भन्दा बढिको जग्गा खरिद गरी क्षेत्रीय खेल मैदान निर्माण गर्ने तथा खेल क्षेत्रको विकास गर्न खेलाडीहरु उत्पादन गर्ने लक्ष्य सहित अगाडि बढेको झरना युवा क्लवका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक होम बहादुर गलामीले जानकारी दिए । विगत लामो समयदेखि क्लवले समाजका हरेक सामाजिक गतिविधिहरुमा सक्रिय रुपमा काम गदै आएको छ ।