कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रले गरे चालु बर्षको बजेट सार्वजनिक

कृष्ण पोखरेल
पाल्पा, माघ २२/
प्रदेश सरकार अन्र्तगत रहेको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक बर्षमा गर्ने कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । दुवै कार्यालयले संयुक्त रुपमा चालु आर्थिक बर्षको लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठले ४ करोड ४५ लाख १२ हजारको बजेट प्रस्तुत गरे । जसमा चालु तर्फ ४ करोड १३ लाख ७२ हजार , पँुजिगत तर्फ ३१ लाख ४० हजार रहेको छ । प्रदेश सरकार अन्र्तगत, एक सांसद एक निर्वाचन क्षेत्र, एक स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । जसअन्र्तगत सांसद तुलाराम घर्तिमगरको तिनाउँ गाउँपालिकाको झ्याङ्ला,नारायण आचार्यको रम्भाको हुगी, युवराज खनालको रामपुरको हेकलाङ्ग डा. पुरनमान बज्राचार्यको तानसेनको अर्गलीमा स्मार्ट भिजेज कृषि कार्यक्रम छनौट भएको छ । जसमा प्रत्येक पकेटका लागि ५० हजारको दरले २ करोड रकम विनियोजन गरिएको छ । अदुवा बेसार कार्यक्रमको लागि ४ लाख, रैथाने बालीहरुको संरक्षण र प्रवद्र्धनका लागि २ लाख ५० हजार, स्थानीय बाली विकास तथा तरकारी विकासका लागि २ लाख बजेट विनियोजन गरेको छ ।

यसैगरी भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र पाल्पाले पनि बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले चालु आर्थिक बर्षको १ करोड ५९ लाख ९ हजार बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन । डालेघास नर्सरी स्थापना, निजी गाईभैसी फार्म स्थापना, व्यवसायीक बंगुर फार्म स्थापना, निजी बाख्रा फार्म स्थापना, प्रजनको लागि बोका वितरण, साईलोपिट निर्र्माण, मिल्क एनालाईजर मेशिन वितरण कार्यक्रम रहेको केन्द्र प्रमुख रानाले बताए । चालु आर्थिक बर्षको ७ महिनामा आएको बजेटको कार्यविधि समेत पुरा नबनी सकेको अवस्थामा बजेट पूर्ण रुपमा कार्यान्वयन हुनेमा कार्यक्रममा सहभागीहरुले प्रश्न गरेका छन् । कार्यक्रममा बुद्धि प्रसाद शर्मा, रेवन्त बहादुर विष्ट, डुल बहादुर कुवँर, यादव शर्मा, झपेन्द्र गहिरे, धनेन्द्रराज घिमिरे, माधव अर्याल, किरण कौशल, अनिल लिगल लगायतले विभिन्न कार्यक्रम प्रभावकारी नभएको, स्थानीय राजनितिक दलहरु सँग सर सल्लाह नगरी कार्यक्रम छनौट गरिएको बताए ।

कार्यक्रममा प्रदेश सांसद तुलाराम घर्तीमगरले प्रदेश सरकारका संरचना आफैमा अस्थायी रुपमा रहेको, कर्मचारीको अभाव, कामको अनुभव नहुँदा कृषकले चाहेजस्ता कार्यक्रम नआएको भएपनि आगामी बर्षदेखी जिल्लालाई कृषि र पशु क्षेत्रमा नमुना बनाउने गरी बजेट विनियोज गर्ने बताए । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले स्थानीय सरकार संग समन्वयन नगरी संघ र प्रदेश सरकारले विना योजना बजेट विनियोजन गरेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले आएको बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न, स्थानीय सरकार संग समन्वय गरेर काम गर्न आग्रह गरे । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन पशु प्राविधिक युवराज ज्ञवालीले गरेका थिए ।

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *