कालीगण्डकी आँखा उपचार केन्द्रमा कानको उपचार सेवा सुरु

इमान सिं राना
पाल्पा (रामपुर) असोज १४
/गण्डकी बेसी क्षेत्रका जनतालाई आँखा उपचारमार्फत उज्यालो संसार देखाउँदै आएको कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरले कानको उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ । रामपुर ७ किसानबारीको कार्यालय र बेझाँडको क्लीनिकबाट सेवा प्रदान गर्दै आएको उपचार केन्द्रले मंगलबारबाट कानको उपचार सेवा थप गरेको हो । कानको उपचार सेवा शुभकामना आदनप्रदान कार्यक्रमका बीच रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले शुभारम्भ गरेकी थिईन् । उनले उपचार केन्द्रले पु¥याएको योगदानको चर्चा गर्दै नगरपालिकाले पनि प्रथामिकतामा राखेर सहयोग गर्ने बताईन् । नेपाल नेत्र ज्योति संघ पाल्पाका सदस्य तथा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले शहरउन्मुख रामपुरको विकासमा थप सेवाले एउटा गहना थपिएको बताए । उनले यसको प्रवद्र्धनका लागि स्थानीय सरकारले विशेष ध्यान दिनु पर्ने बताए । रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थप्रसाद पंगेनी, वडा १ का वडा अध्यक्ष मित्रलाल कंडेल, कालीगण्डकी आँखा उपचार केन्द्रका सल्लाहाकार कृष्ण पौडेल लागाएतले बोल्दै उपचार केन्द्रले पूण्यको काम संगै जनताको करोडौंको रकम बचतमा सहयोग गरेको बताएका थिए । कालीगण्डकी आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले अस्पतालको रुपमा विकास गर्नका लागि सहयोगको आवश्वासन पाए पनि आवश्यक रकम जुटाउन समस्या भएको बताएका थिए । अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कालीगण्डकी आँखा उपचार केन्द्र सञ्चालक समितिका सचिव रुपनाथ गौतमले गरेका हुन् । उपचार केन्द्रका प्रमुख सुन्दर रानाले दैनिक आँखा जाँच तथा उपचार, मासिक शल्यक्रिया हुँदै आएकोमा अब कानको अप्रेसन बाहेक अन्य उपचार थप भएको जानकारी दिए । उपचार केन्द्रमार्फत पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीयहरु प्रत्यक्ष रुपमा लाभाम्वित हुँदै आएका छन् ।