‘कालीगण्डकीको पहिचान र संस्थागत विकासका लागि महोत्सव’

अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल
पाल्पाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा आज देखि माघ ८ गते सम्म दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला हुँदैछ  । १२ दिन सम्म सञ्चालन हुने मेला रामपुर उद्योग वाणिज्य संघको आयोजनामा “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ हुन लागेको हो  । समग्र महोत्सवको विषयमा रहेर नव जनचेतना दैनिकका लागि इमानसिं रानाले रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालसँग गरेको कुराकानी  ।

महोत्सव सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?
– हामीले पहिलो रामपुर महोत्सव रामपुरलाई चिनाउँन भनेर आयोजना गरेका थियौं । कालीगण्डकी बेशी क्षेत्रको प्रतिनिधित्व रामपुरले गर्ने भएकाले यो भन्दा माथि उठेर कालिगण्डकी उपत्यकाको प्रचार प्रसार संगै कृषि, उद्योगको प्रवद्र्धन, कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको संरक्षण गरी पहिचान कायम राख्नु, रामपुर उद्योग वाणिज्य संघको संस्थागत दिगोपन सँगै भवन निर्माणका लागि सहयोग जुटाउनु र सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई सफल पार्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेका हौं ।
ँमहोत्सवको तयारी कस्तो छ ?
– हाम्रो मेला अन्र्तगतको तयारी सकिएको छ । दर्शकहरुको सहजताको लागि सुरक्षाको पूर्ण रुपमा प्रत्याभुती गराउन शसस्त्र प्रहरी, नेपाल प्रहरी, भूत पूर्व सैनिक, स्वंयम सेवकहरुको व्यवस्था गरेका छौं ।
ँकृषि र उद्योगको प्रवद्र्धनका लागि मेलामा के छ व्यवस्था ?
– हिमाल पहाड र तराईलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर निर्माणको क्रममा रहेको छ । करिडोरको क्षेत्रमा यति ठूलो सम्भावना युक्त क्षेत्र अन्त नभएको हुँदा यहाँको औद्योगिक क्षेत्रको सम्भावनाको अध्ययन भैरहेको छ । यसै क्रममा हामीसँग भएका घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि उपजहरु विक्री सहित प्रदर्शनमा राखिने छ । कृषि तर्फ हामीले यस पटक छुट्टा छुट्टै विधामा कृषक र उत्कृष्ट उद्यमीहरुलाई पुरस्कृत गर्दै छांै ।
ँमेलामा मुख्य आकर्षणका रुपमा के–के रहेका छन् ?
– यस पटकको मेलामा स्थानीय उत्पादन, प्रतिष्ठित उद्योगबाट उत्पादित स्तरिय वस्तु सहितको ३ सय १० भन्दा बढी स्थलहरु रहने छन् । बालउद्यान सँगै यस पटकको मेलामा पर्यटकिय गन्तव्यको रुपमा रहेको तालपोखरामा बोटि·, प्यारागलाईडि·, प्यारामोटर र हेलिकप्टरबाट मनोरम दृश्य अवलोकन, फोटो पदर्शनी, चिडिया घर, प्रतिभा पहिचानको लागि दोस्रो रामपुर डान्स आईडल, कलाकारहरुको प्रस्तुति सहित विशेष गरी राष्ट्रिय स्तरमा चर्चित क्लव र भारतका क्लवहरु सहितको इन्डो नेपाल भलिबल प्रतियोगिता मुख्य आकर्षकको रुपमा रहने छ । साथै मेलामा विभिन्न संस्कृति झल्काउने झाँकी प्रदर्शन हुने छन् ।
ँमेलामा कति कारोबार र दर्शक भिœयाउने लक्ष्य रहेको छ ?
– हामीले यस पटक डेढ लाख देखि २ लाख बढी दर्शक भिœयाउनुका साथै मेलामा ८ देखि १० करोड सम्म कारोबार गर्ने लक्ष्य राखेका छौं । ९५ लाख आम्दानी गर्ने र ८५ लाख खर्च गरी १० लाख बचाउने हाम्रो उद्देश्य छ ।
ँदर्शकहरुले सहजै रुपमा टिकट लिन र अवलोकन गर्न पाउँछन् त ?
– पक्कै पनि हामीले दर्शकको सहजताको लागि यस पटक टिकट काउन्टर पहिले भन्दा बढी निर्माण गरेका छौं । विद्यार्थी, जेष्ठ नागरिक र अपा·ता भएका नागरिकहरुलाई सौलियत टिकटको व्यवस्था गरेको छौं । महोत्सव परिसरमा गए पछि दर्शकहरुले सहजताको अनुभव गर्न पाउने छन् ।
ँअन्तमा ः तपाईको विचार ?
– यस पटकको महोत्सव विगतका केही कमजोरीहरुलाई सच्याएर थप व्यवस्थित गरेर सञ्चालन गर्न लागेका छौं । जिल्ला र स्थानीय तहका विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर अघि बढेका छौं । मेला अवलोकनसंगै सुन्दर नगरी रामपुरको अवलोकनको लागि आउनुहुन सम्पूर्ण महानुभावहरुलाई हार्दिक निमन्त्रण गर्दछु  ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *