काठमाडौंविरुद्ध पोखरा ६ विकेटले विजयी

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा प्रतियोगितामा पोखरा राइनोजले काठमाडौं किङ्स ११ लाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा काठमाडौं किङ्स ११ ले दिएको ९९ रनको सामान्य लक्ष्य पोखरा राइनोजलले १८.२ ओभरमा ४ विकेट गुमाइ पुरा गर्‍यो। पोखरा राइनोजलाई विजय दिलाउन इसरुल्लाहले अविजित ४५ रन बनाए । उनले ४८ बलमा ३ चौका र २ छक्का सहित ४५ रन बनाए। त्यस्तै सुनिल धमलाले २० र कप्तान शक्ति गौचनले अविजित १८ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिङ् गरेको काठमाडौं किङ्स ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ ९८ रन मात्र बनाउन सक्यो।
काठमाडौंका लागि सागर पुनले सर्वाधिक ३६ रन बनाए। त्यस्तै राजु रिजालले २९ बलमा १७ र सोमपाल कामीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको स्कोर छुन सकेनन्। काठमाडौंलाई ९८ रनको सामान्य स्कोरमा समेटन पोखराका लागि बिक्रम सोभ, सुसन भारी र कप्तान शक्ति गौचनले २–२ विकेट लिदा,ताज वली र इसरुल्लाहको नाममा पनि १–१ विकेट रह्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *