काठमाडौंमा बम विस्फोट, गगन थापा घाइते

मंसिर १८, काठमाडौं:
काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । घरदैलो कार्यक्रममा रहेको समयमा आज बिहान ११ः ३० विस्फोट भएको बताइएको छ । थापाको कान र ढाडमा चोट लागेको बताइएको छ । विस्फोटमा अन्य केही घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । प्रहरीले भने ४/५ जना घाइते भएको प्रारम्भिक जानकारी आएको बताएको छ । विस्फोट कसले गरायो भनेर खुल्ल सकेको छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •