काठमाडौंकी आभा

सागर लामिछाने
म धेरै जसो अफिसको काममै ब्यस्त भइरहन्थे । आभालार्ई नभेटेको पनि हप्तौं भैसकेको थियो । फेसबुकमा अनि फोनमा कुरा भएपनि भेटेरै बोले जस्तो त कहाँ हुनि रहिछ र ? तड्पी रहन्थ्यो मन, आँखाहारु उसलार्ई खोजिरहन्थे । कानले उसैको मुखबाट घरी घरी निस्किने पागल शब्द सुन्न आतिरहन्थ्यो । खासमा भन्नी हो भने म आभालार्ई प्रेम गर्न थालेको थिए । खाली समयमा म उसैसंग फेसबुकमा च्याटिङ गर्न मै ब्यस्त हुन्थे । एकदिन कुरै कुरामा मैले उसलाई आइ लब यू भनेको थिए । जवाफमा उसले ‘यति चाडै किन हतार ? पहिला कस्तो खालको केटी हो म त्यो त चिन्नुस्’ साथै लजाएको इमोजी पनिसंगै पठाएकी थिइ । मेरो खुब ख्याल राख्ने भएकी थिइ, खाना खायो कि खाएन ? कति बजे अफिस जाने ? आज कोसंग भेट भयो ? आजको दिन कसरी बित्यो ? मेरो याद आउँछ कि नाइ ? घर फोन गर्नु भाछकी भाछैन ? यस्तै यस्तै थुप्रै प्रश्न गर्थी । म पनि खुरुखुरु जवाफ दिदै जान्थे । भन्छन् नि मानिसको जीवनको पहिलो प्रेम सबैभन्दा भाबुक, कोमल अनि गहिरो हुन्छ । जीवनको पहिलो प्रेम केही कारणले नष्ट भयो भने फेरि त्यो मानिसले जीवनमा अर्को प्रेम त्यही भाबुकताले अनि त्यही गहिराइ लिएर गर्न सक्दैन । अहिले म पहिलो प्रेमको ठिक त्यही अवस्थामा थिए, एकदम भाबुकता साथ । एकसाझसंगै पढेको साथी बिवेक मेरै कोठामा आउनी भयो । उ केटीको मामलामा मभन्दा धेरै अगाडि, कलेज पढ्दा मेरै आँखा अगाडि कति केटीहरुसँत डेट गएको देखेको छु । काठमाडौं आएर पनि उसको केटीसंग घुम्ने बानी अझै हराको छैन अझ यहाँ आएर त बेला बेलामा ठमेलतिर पनि गैरहन्छ । कहिलेकाही मसंग पनि ठमेलको कुरा गर्छ । आज पनि आउनी बित्तिकै शुरु भयो उसको कहानी भन्न । ‘सागर सुन न अस्तिको घटना’ उ मुखमा राखेको पानपराग चपाउँदै बोल्यो । ‘भने पो सुन्ने, सुनाउ’ म अनुहार बिगार्दै बोले । दिनभरी कोठामा बसेर फेसबुक चलाउनु भन्दा घुम्न निस्किन्छु भनेर त्यो दिन म बसन्तपुरतिर गएको थिए । साझ फर्किदा अलि ढिलो भएको थियो । रत्नपार्कको पुलमा गै साथीलाई फोन गरे । ‘एक्लै भए यार लिन आइज’ त्यति नै बेला दुइ चार जना तेस्रो लि·ीहरु आएर मलाई घेरिहाले । ‘किन एक्लै भए भनेको राजा हामी छौँ नि तिम्रो साथमा’ उनीहरुले मेरो शरीरको जताततै छुन लागे । म डरले काप्दै त्यहाँदेखि भाग्न खोजे, एउटीले च्याप्प पाखुरामा समाइ र बोली । ‘एइ यस्को त छैन कि क्या हो ?’ म त्यहाँदेखि भागी जमल आइ माइक्रो कुर्न थाले । केही बेरपछि माइक्रो आयो । माइक्रो भित्र खुट्टा राख्ने ठाउँ थिएन । एउटी युवती त्यस्तै उन्नाइस बिसको हुनुपर्छ काखमा बस्नुस् भनी आग्रह गरिन्, शुरुमा अप्ठ्यारो लाग्यो । ‘अप्ठ्यारो नमान्नुस’ भनेपछि म उनको काखमै बसिदिए । महिला सिटमा दुई पुरुष बस्दै थिए । कन्डक्टरको कुरा सुनेका थिएनन् तिनले । लैनचौर पुगेसी एक महिला चढिन्, महिला सिटमा पुरुष बसेको देखेर बोलिहालिन् । ‘भाइ त्यो महिला सिट हो’ ‘मैले के गरुम् त’ जवाफ दियो, झ्याल पट्टि बस्नी पुरुषले । ‘नभन्नुस् है दिदी बस्न दिनुस्, आजै कपाल छोट्टाएकी हुन रे यी दुई बहिनीले त्यही भएर केटा जस्तै देखिएका ‘अर्की महिला बोलिन्, माइक्रोमा बसेका सबै यात्रीहरु गलल हासे तर ती दुई युवक भने रिसले होकी लाजले हो रातोपिरो भए । गंगबु चोकैमा पुगी माइक्रो रोकियो, म ओइर्लिए साथै ती युवती पनि । भाडा दिएर म सरासर मित्रनगरतिर लाग्दै गर्दा उनी पनि मेरै पछि–पछि आउँदै थिइन् सायद उनको घर पनि यतै थियो क्यारे । एकसुरले हिड्दै थिए, कसैले मेरो हात च्याप्प समायो । फर्किएर हेरे सानी नानी रहिछिन्, उनलाई हेर्दै म मुसुक्क मुस्काए र हिड्न खोज्दा उनले मेरो हात छोड्नै मानिन । यताउता हेरे उनीसंग आउने कोही साथमा देखिन ।
कस्को बच्ची होला यसरी बाटोमा छोड्ने मनमनै बोले । ‘तिम्रो नाम के हो ?’ नाम सोध्दा त उ झन् पिलपिल गर्दै रुन पो थालिन् । एकैछिनपछि ती बच्चीको आमा हस्याङफस्याङ गर्दै आइन् र बच्चीलाई अंगालो हालिन् नबुझिने भाषामा गाली पनि गरिन्, त्यतिन्जेलसम्म ती युवती पनि नजिकै आइसकेकी थिइन् । मेरो उद्दार मन देखेर उनी मुस्काइन्…’ ‘अनि के भयो ?’ म बोले। ‘सकियो’ उ हाँस्यो । ‘कतै बनावटी त होइन नि यो’ कसम नै खायो उसले साच्चिकै हो भनी । अनि फेरि मोवाइल निकाल्दै बोल्यो । ‘थाहा छ, हिजो ठमेलमा क्या दामी मालसंग भेट भयो नि मेरो’ भन्दै फोटो देखायो ।फोटोमा आभा थिइ । म एकाएक छागाबाट खसे झै भए, अनि आफैले आफैलाई सोधे ‘फोटोमा भएकी केटी त्यही आभा हो त जसलाई म प्रेम गर्छु’ ‘के भयो ? राम्री छैने त मोरी ?’ उसले त्यसरीभन्दा मुटुमै काडा बिजे जस्तै भयो, आफुलाई सम्हालेर बोले । ‘भोलि मलाई नि भेटाइदेउ’ मेरो यस्तो कुराले होकि म मा आएको एकाएक परिवर्तनले हो उ अक्क न वक्क भएर मलाई ट्वाल्ल परेर हेरिरÞयो । भोलिपल्ट अफिसमा मेरो बाहिर काम छ भनी चाडो निस्किए र बिबेकसंग ठमेल जान भनी तयार भए । मलाई ठमेलको एउटा डान्स बारमा लिएर गयो बिबेकले । अनि रक्सी पिउन शुरु गरिहाल्यो उसले, मेरो अगाडि जुसको गिलास ठमाउँदै भन्यो ‘थोरै पिउ फेरि मात लाग्ला’ म उसको कुराले फिस्स हासे । दुइती केटी बिबेकको दाँयाबाँया भएर बसे । डिजेवालाले राम्रै अंग्रेजी गीत बजाउँदै थिए । तरुनी तन्नेरी रक्सीको मातमा कम्मर मर्काउँदै थिए त कोहि रातकी रानीहरुसंग मस्ती गर्दै । अघि नै देखि ढोका छेउमा उभिरहेको गार्डले मलाई ख्याल गरिरहेको रहिछ, म नजिकै आएर बोल्यो । ‘सरलाई चल्दैन कि क्या हो ?’ ‘हजुर मैले बुझिन नि ?’ ‘दारु पानी भन्या’ उ हास्यो। अह भनी टाउँको हल्लाए । ‘अनि फुलिवाली कत्तिको मनपर्छ नि ?’ ‘मतलब ?’ ‘केटि’ म हाँसे । ‘जानेभा म कुरा गर्दिन्छु’ त्यति नै बेला आभा देखा परी, सायद उसले मलाई देखिने । ‘उ त्यो केटी मिलाईदिन सक्छौ ? ‘मैले हातको इशाराले आभातिर देखाउँदै बोले । ‘रुम नम्बर चार सय आठ’ गोजीबाट दुई सय रुपियाँ गार्डको हातमा थमाउँदै काउन्टरमा गई चार सय आठको बारेम बुझे । काउन्टरमा बसेकी केटी मुस्कुक्क मुस्कुराउँदै बोली । ‘सिंगो रात पाँच हजार’ ‘पाचै हजार बुझाइ लागे रुम नम्बर चार सय आठ तिर, डोरवेल ठिच्नै लाग्दा उसले ढोका खोली, एक्कासी मलाई देखेर उ अचम्ममा परी । केही बोल्न पनि सकिन । ‘तपाईं पनि यहाँ ‘सायद मनमनै प्रश्न पनि गरी होली, यता मेरो हालत खराब भैसकेको थियो । उसलाई त्यहाँ त्यो रुपमा देख्दा उ सरासर बेडमा गएर बसी मतिर हेर्दै नहेरी झोलाबाट कण्डम निकाल्दै मेरो हातमा थमाउँदै बोली ‘ल काम सकेर गइहाल्नुस्’ उसको आवज मसिनो भएको थियो, गलामा केहि अड्किए जस्तै उसका आखामा आँशु बाटो नपाएर सल्बलाईरहेका जस्ता देखिन्थे, उसका पोटिला गालाले मलाई लोभ्याउन सकेन, छातीमा उक्सेका वृक्षले मलाई लोभ्याउन सकेन अह सक्दै सकेन ।
‘सबै केटा मान्छे उस्तै हुन्’ उ फेरि बोली । ‘भन्न के खोजेको तिमीले ?’ म बोले । ‘तपाईं पनि अरु जस्तै बास्नालाई प्रेम गर्ने’ ‘मलाई यहाँ देखेर अचम्म लाग्यो कि क्या हो तिमीलाई ?’ ‘कण्डम लगाउनुस्’ ‘लगाउदिन’ ‘अहिलेसम्म कति जना सेक्स गर्नुभयो ?’ ‘तिमी नै पहिलो हौ’ ‘त्यसो भए कण्डम लगाउनुस्’ ‘बिना कण्डम सेक्सको अनुभव गर्ने मन छ’ ‘अह यो हुन सक्दिन, तपाईं जान सक्नुहुन्छ’ ‘किन म यहाँ पैसा तिरेर आएको छु’ ‘त्यसो भए तपाईं ग्राहक हो ग्रहाक नै भएर बस्नुस्, मालिक हुन नखोज्नुस्, मालिक बन्न खोज्नुहुन्छ भने ढोका खुल्ला छ जान सक्नुहुन्छ’ ‘कण्डम किन लगाउने मैले ?’ ‘आफ्नो सुरक्षाको लागि’ ‘के भएको छ र मलाई ?’ ‘तपाईलाई होइन मलाई…’ बोल्दाबोल्दै उ टक्क अडिइ । ‘भनन् भन’ उ मसंग बोल्नै खोजिने । त्यो भन्दा बढी मैले कर गर्नै सकिन । कोठामा पुरै शून्यता छायो, मानौ त्यहाँ कोही छैनन्, मात्र अदृश्य भएर हावा बहिरहेका छन् । म शून्यतालाई चिर्दै बोले । ‘तिमी यहाँ कसरी ?’ उ मेरो अंगालोमा टासिएर बेसरी रोइ, केहि बेरपछि शान्त भै र भन्न थाली आफ्नो कथा । ‘सत्र वर्षे उमेर । घरमा दाइको साथी आइरहनुहुन्थ्यो दीपक । त्यही केटासंग कसो कसो प्रेम बसिहाल्यो मेरो । घरमै आउने हुनाले हामी स्वतन्त्रता साथ भेट गथ्यौ । कसैलार्ई शंका पनि थिएन । बिर्टिस लाउरे हुनका लागि भर्ती ट्रेनिङ सेन्टर पोखरामा थियो । उ छुट्टिमा घर आउँदा सधै हामी बाहिर घुम्न जान्थ्यौ । पहिलो प्रेम थियो मेरो । मैले सम्पूर्ण तनमन उसलाई अर्पण गरिसकेको थिए । यस्तै प्रकारले तीन वर्षसम्म हाम्रो प्रेम चलिरहयो । उ भर्ती भैसकेको थियो । बेलाबेलामा फोन गरिरहन्थ्यो, म उसको फोन कहिले आउँछ भनी कुरेर बसेको हुन्थे । उसको फोनको प्रतिक्षाले पनि मलाई मीठो दुःख भएको आनन्द दिन्थ्यो । दशैको छुट्टिमा उ आयो । हामी घुम्नलार्ई निस्कियौ साझ पख टँुडिखेल तिर । बाटोमा हिड्दा हामी छोइन्थ्यौ, उसको स्पर्षले म रोमाञ्चित हुन्थे । सारा शररिमा एक प्रकारले कम्पन छाउथ्यो । दीपकले टुँडिखेल पुगि बदाम किन्यो । उसले बदामको प्याकेट खोली मलाई दिदा मेरा हात अनायसै कापिरहेका थिए । उ मेरो कापिरहेको हातलाई हेरेर हास्यो र एक्कसी मलाई आफ्नो अंगालोमा बाध्यो । म लाजले रातो भए । त्यही बेला अलिपर दुई चार जना मान्छे देखा परे उसले मलाई अंगालोबाट हटाउछ । अनि म बोल्न थाल्छु ‘कहिले जाने रे तपाईं ?’ ‘पर्सी’ ‘छि कति कम्ती छुट्टि हौ अलिक लामो छुट्टि लिएर आउनु नि !’
‘मेरो खुशी अनुसार छुट्टी दिए त सधै सधै तिमीसँगै बस्थे नि म आभा’ ‘उफ अस्तिको महिना त हजुरले फोन नि गर्नु भएन, आज हेरन अझ मायाको धाक’ ‘के गरे ? धाक रे ?’ ठण्डा महिना लाग्दै थियो, बाटोघाटो प्राय शून्य भैसकेका थिए । त्यसैले हामी निर्धक्क चल्दै थियौ जिस्किदै थियौ । एकैछिन पछि म फेरि बोल्छु । ‘दीपक अब जाउ । जाडो भैसक्यो ।’ ‘जाडो ? के–को जाडो ? आउन एकछिन कुरा गरौँ । पर्सी त म गइहाल्छु, अब त एकैचोटी न्यू इयरमा आउछु होला !’ मेरा चञ्चल आँखाहरु उ पर्सी जाने कुराले उदास भए । दीपकले मलाई फेरि अंगालो हाल्छ अनि… । दीपक फर्किसकेको थियो, मेरो महिनावारी रोकिएपछि बल्ल चाल पाए मैले त उसको नासो पेटमा हुर्काउँदै छु भनी । मैले दीपकलाई फोनमा पनि बताएको थिए, पछि त फोन गर्न पनि छोड्यो । एकदिन ग्राहो भएर सबै कुरा जेठी भाउजुलाई सुनाए । भाउजुले दाईलाई सुनाउनु भएछ । दाइ भाउजुले हुन सम्मको गाली गर्नु भयो । पछि मात्रै थाहा भयो दीपकले उतै एउटी केटीसंग बिहे गरेछ । एकदिन सबै कुरा बुबा आमालाई पनि थाहा भयो । बुवाले सहन नसकेर पिटी पनि हाल्नु भो । दाइ भाउजुले बुवालाई रोक्नु भयो । मैले धेरै पटक आत्महत्या गर्न खोजे तर सबै असफल भए । एकदिन भाउजुसंग कुरा गरी बच्चा फाल्ने कुरा भयो र अलि टाढाको क्लिनिकमा गई बच्चा फालियो । पछि गाउँले ले थाहा पाउँछन् कि भनी डर लागिरहन्थ्यो मनमा अनि त्यतैबाट लागे काठमाडौंतिर…’ त्यसपछि आभाका शब्द आँशुमा डुबे ।
उ फेरि रुन थाली । उसले आफ्नो सत्यता प्रकट गरी, सायद उसलाई पनि मनमा लाग्दो हो कुनै न कुनै दिन त पक्कै पनि सागरले पनि मेरो वास्तविकता थाहा पाउनेछ र दीपक जसरी नै टाढा हुनेछ । उसले यस्तै साेंचेकी छे भने उसले एकदम गलत सोंच्दै छे ।म उसलाई यहाँदेखि निकाल्न चाहन्थे । अनि बोले । ‘म तिमीसंग चोखो प्रेम गर्छु, पुराना दिनलाई बिर्स, आउ नयाँ जीवन शुरु गरौं ।’ ‘मैले दीपकलाई साचो प्रेम गरेकी थिए, तपाईं मलाई माफ गर्नुस्, म तपाइको योग्य छैन । म स्पष्टसंग स्वीकार गरिदिन सक्छु कि तपाइको अंगालोले मलाई दीपकको अंगालोको याद दिलाउछ अनि याद दिलाउछ हजुरको स्पर्षले उहीँ दीपकको । अप्रत्यक्ष रुपमा तपाइसंग विश्वासघात गरी म दुई वटा जीवन बाच्न सक्दिन…’ त्यो भन्दा बढी म केही बोलिन । अर्कै मान्छे भएको थिए त्यतिबेला एकदम चोखो हृदय भएको सच्चा प्रेमी । हिजो म कति खुशी थिए । बिहानसम्म पनि केही बिग्रेको थिएन । तर अहिले ? म कसरी ठमेलदेखि आफ्नो कोठासम्म आइपुगे । बाटोमा कोकोसंग भेट भयो कुन्नी ? सबै कुरा स्वीकार गर्दा पनि आभाले मेरो प्रेम प्रस्ताव अस्विकार गर्दा तथानाम उसलाई गाली गरिरहे । उ जस्ती हजारौं केटी पाउन सक्छु तर किन यो हृदयबाट उसको तस्वीर मेटिदैन कुन्नी ? किन अझै पनि चाहन्छु उसलाई नै, बेडमा पल्टिदै, आभाले भनेका ती सबै कुरा अनि मैले देखेका सबै कुरा सपना भैदिए पनि हुन्थ्यो नि भन्दै निदाउन खोज्छु । भोलिपल्ट म उसलाई फोन गर्छु लाग्दैन । फेसबुकमा ब्लक गरेकी थिइ । त्यसपछि हाम्रो भेट अहिलेसम्म भएको छैन न त मलाई फेरि ठमेल जान नै मन लाग्यो । आजभोलि उ मेरो लागि फगत काठमाडांै कि आभा मात्र भएकी छे त्यही पनि बेला बेलामा झस्किने गर्छु । कतै उहीँ आभाले ‘ओइ पागल’ भन्दै फोन गर्ने हो कि भनेर । समाप्त ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *