कांग्रेसको घरदैलो अभियान तिब्र

हाम्रा संवाददाता
तानसेन,निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको चुनावका लागि उम्मेद्वारको अन्तिम नामवली सार्वजनिक गर्दै चुनाव चिन्ह प्रदान गरेपछि प्रचार–प्रसारका लागि दलका नेताहरु व्यस्त भएका हुन् ।
आयोगले चुनावको प्रचार–प्रसारको लागि ५ दिनको समय दिएपछि चुनावी अभियानलाई उम्मेद्वाहरुले तिब्र पारेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा जिल्लाका राजनैतिक दलहरु यदि खेर आफ्ना चुनावी घोषण पत्र र प्रतिबद्धता पत्र लिएर आम मतदाताको घर दैलोमा पुगेका छन् ।
यसै क्रममा नेपाली काँग्रेसका उम्मेद्वारहरु जिल्लाका ८ वटै गाँउपालिका र २ वटा नगरपालिका भित्रका मतदाताको घरदैलोमा पुगेका छन् । घरदैलो अभियानका क्रममा नेपाली काँग्रेसको तानसेन नगर मेयरका उम्मेद्वार अजयमान कर्मचार्यले नगरको संमग्र विकास र नगरबासीको सम्वृद्धिका लागि नेपाली काँगे्रसका उम्मेद्वारहरुको विजयी अनिवार्य रहेको बताए । चुनावी प्रचार–प्रसारका क्रममा बुधबार नगरको १३ नम्वर वार्ड बौघागुम्बामा आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख पदका उम्मेद्वार कर्मचार्यले नगरका ग्रामीण वडामा कृषि, पशुपालनलाई व्यवसायीकरण गरी युवालाई स्वरोजगार बनाउने आफ्नो लक्ष्य रहेको बताए । कार्यक्रममा उप मेयरकी उम्मेद्वार अधिवक्ता लालकुमारी रानाले ग्रामीण क्षेत्रका महिलाहरुलाई आत्मा निर्भर र स्वरोजगार बनाउन महिला उद्यमीको नीति बनाउने बताउँदै नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन आग्रह गरे । वडा अध्यक्ष घनश्याम रानाले नेपाली काँग्रेसको विजयी विना विकास सम्भव नभएकाले सबैलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरे । नेपाली काँग्रेसका युवा नेता कर्ण रानाले आर्थिक सम्वृद्धिका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे । त्यस्तैगरि नगर १२ वडाको निर्वाचन परिचालन समितिको बैठक भएको छ ।
समन्वय समितिको संयोजक जुद्धविर सोमरेको सभापतित्वमा बसेको बैठकले नेपाली काँग्रेसको उम्मेद्वारहरुलाई विजयी बनाउन सबै क्षेत्रलाई परिचालन गरिने निर्णय गरिएको अध्यक्ष सोमरेले बताए । असार १४ गते हुन गईरहेको स्थानीय तह निर्वाचनका क्रममा तिनाउ गाउँपालिका अन्तर्गत मस्याममा नेपाली काँग्रेसका उम्मेद्वारहरुको घरदैलो कार्यक्रम भएको छ । गाउँपालिकाका अध्यक्षका उम्मेद्वार महेन्द्र पाण्डेले यस गाँउपालिका भित्र बसोवास गर्नेहरुको साँस्कृतिक पहिचान र संरक्षण गर्न सडक यातयात सञ्चार, स्वास्थ्य, शिक्षाको विकासका लागि नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन आग्रह गरे ।

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *