काँग्रेस, नीति र युवा

नेपाली काँग्रेसको नीति र कार्यक्रमका विषयमा काँग्रेसको विधानले पार्टीको आदर्श, नीति सिद्धान्त बोध गराउँदै, पार्टीलाई सक्षम बनाउँनका लागि विभिन्न क्षेत्रमा कार्यरत श्रृजनशील, व्यावसायिक जनशक्ति समेतको सहयोग लिएर विभिन्न विचार गोष्ठी, अन्र्तसंवाद, परामर्श जस्ता कार्यक्रम सञ्चालन र प्रशिक्षण दिने कामलाई सक्रियताका साथ निरन्तरता दिइएन भने, राजनीतिमा युवा जनशक्तिको अभाव खड्कीन सक्ने खतराहरु बढ्ने डर हुनसक्छ, त्यसका लागि केन्द्रीय नीति तथा प्रशिक्षणको विधाननतः उपसभापतिलाई दिदै आएको जिम्मेवारीलाई यो पटक कसलाई दिने भन्ने चिन्ता र चासो बढ्न थालेको अवस्थालाई काँग्रेसको नयाँ नेतृत्वले सम्बोधन गर्न सक्छ या सक्दैन् भन्ने चासो पार्टीसत्ता भित्र खुलदूली रुपमा विराजमान छ ।
शेरबहादुरको विजयी यात्रासंगै, रामचन्द्रको नीति र कार्यक्रमले पनि विजयी हासिल गरेको छ । नीति र प्रशिक्षणका तौर तरिका र शेरबहादुरका बहादुरीपूर्ण निर्णय गर्ने आनीवानीलाई पार्टीले सन्तुलित र प्रमाणीकरण गर्दै लग्नुपर्ने हुन्छ । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद काईराला जस्ता नेता त्रयको विरासतलाई १३औं महाधिवेशनले वरकरार राखेको राखेर शेरबहादुर, रामचन्द्र र कृष्ण सिटौलाका रुपमा वर्तमानलाई पनि विगतसंग दाजेर अगाडि बढाएको हो कि भन्ने भान पनि देखिन्छ । शेरबहादुर, रामचन्द्र र कृष्ण सिटौला अहिले पनि नेपाली काँग्रेस भित्र नेता त्रयको खडेरी पर्ने अवस्थालाई उन्मुक्ति दिएका छन् । त्यस मानेमा पनि नेपाली काँग्रेस विचार र नेतृत्व सबै तहबाट अगाडि नै छ । २१ औं शताब्दीको काँग्रेसका लागि नयाँ नेतृत्व लिन गगन जस्ता होनहार युवानेताहरु तम्तयार छन् भने, विचारका पूजारी सन्तनेता रामचन्द्रको छविलाई पराजित मानसिकताको कुंवाबाट बाहिर ल्याएर, सकारात्मक शैलीले अगाडि बढाउँनुपर्ने आवश्यकतालाई पनि वर्तमान नेतृत्वले कायम राख्न सक्छ या सक्दैन् भन्ने विषय अत्यान्तै महत्वपूर्ण छ र त्यो अव, अनि आजको आवश्यकता हो । १३ औं महाधिवेशनबाट नेपाली काँग्रेसले सिक्नपर्ने पाठहरु धेरै छन् । युवापुस्ताहरुको आगमनसंगै नयाँ जोस र जागरका साथ काँग्रेसमा युवाउर्जाको कमी अझै पनि विद्धमान नै रहेको भएता पनि केन्द्रीय पदाधिकारीमा युवा पुस्ताको जमघट बलियो आधारशीलाका रुपमा अगाडि आएको अवस्था प्रति दुई मत छैनन् । प्राप्त परिणामले पनि युवा वर्गको सहभागितालाई प्राथमिकतामा राखेको भन्न मिल्ने देखायो । केही प्राविधिक कारणले गर्दा गगन जस्ता युवापुस्ताले हिम्मतका साथ सम्हाल्न खोजेको जिम्मेवारीलाई जनमतले नपत्याए पनि वर्तमान काँग्रेस केन्द्रीय समितिमा युवा र नयाँ पुस्ताको बहुमतले गर्दा शेरबहादुरका लागि मात्र नभएर सिङ्गो मुलुकलाई नै नयाँ संविधान कार्यान्वनको दीषावोधमा सहयोगी बन्ने आशा गरिएको छ । नयाँ नीति र कार्यक्रमले पनि कार्यकर्तामा उत्साह जगाएको महशुस हुनुलाई अस्वभाविक मान्न सकिदैन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *