काँग्रेस तानसेन नगरको प्रचार–प्रसार कार्यालय उद्घाटन

कृष्ण पोखरेल
पाल्पा, पाल्पामा स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेद्वारहरु तय गरी प्रचार–प्रसार अभियानमा जुटेका छन् । राजनीतिक दलहरुले नगर तथा गाउँपालिकादेखि वडा–वडामा निर्वाचन प्रचार–प्रसार कार्यालयमा जुटेका छन् । तानसेन नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रचार–प्रसार कार्यालय खोली घरदैलो अभियानमा जुटेका हुन् । नेपाली काँग्रेस पाल्पाले १० वटै स्थानीय तहमा उम्मेद्वार छनौट गरी प्रचार–प्रसारमा जुटेको छ । तानसेन नगरपालिकाको चुनावी प्रचार–प्रसार कार्यालयको पार्टी सभापति वीरबहादुर रानाले उद्घाटन गरे । उद्घाटन गर्दै उनले तानसेनको विकास गर्न, तानसेनलाई पर्यटकिय नगरको रुपमा विकास गर्न, तानसेनलाई सफा सुन्दर बनाउन नेपाली काँग्रेसको रुख चिन्हमा मत हाल्न नगरबासीलाई अनुरोध गरे ।
सासंद् हरिप्रसाद नेपालले विपीको सपना अनुसार नेपाली काँग्रेसले संविधानसभाबाट नयाँ संविधान जनतालाई दिलाएको बताए । नेपाली काँग्रेस तानसेन नगरपालिकाका मेयरका उम्मेद्वार अजयमान कर्माचार्य र उपमेयरकी उममेद्वार लालुकुमारी रानाले तानसेनलाई पर्यटकिय नगरको रुपमा विकास गर्ने, तानसेनलाई सफा सुन्दर बनाउने, तानसेनमा खानेपानीको समस्या समाधान गर्ने, तानसेनलाई यस क्षेत्रकै नमूना नगरको रुपमा विकास गर्ने बताए ।
कार्यक्रम नेपाली काँग्रेस तानसेन नगरका सभापति मधुदयाल सैजुको सभापतित्व, वडा नं. ११ का वडा अध्यक्ष उम्मेद्वार यादवसिँह कार्कीको सञ्चालनमा भएको थियो । नेकपा एमाले तानसेन नगर कमिटीले यस अगाडि नै कार्यालय स्थापना गरेर प्रचार–प्रसार र घरदैलो अभियान गरेको छ । नेकपा माओवादी केन्द्र तानसेन सहित अन्य दलहरु पनि चुवानी प्रसारका लागि घरदैलो अभियानमा लागेका छन् । ६ गाविसहरु समेटेर १४ वडा बनाइएको तानसेन नगरपालिकालाई राजनीतिक दलहरुले आफ्नो प्रसारलाई तिब्र बनाएका छन् । तानसेन नगरसहित रामपुर नगरपालिका र ८ वटा गाउँपालिकामा दलहरुले चुनावी गतिविधिहरु गरिरहेका छन् ।

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *