काँग्रेस गुल्मीको जिल्ला सम्मेलन स्थगित

गुल्मी, पुस २५/ नेपाली काँग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलन स्थगित भएको छ । यहि पुस २८ र २९ गते गर्ने भनिएको जिल्ला सम्मेलन स्थगित भएको हो । महासमितिबाट पारित भएको नयाँ विधान बमोजिम गर्नुपर्ने र मौसम प्रतिकुलताका कारण सम्मेलन हाललाई स्थगित गरिएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । यस अघि पनि मङ्सिर २० र २१ गते गर्ने भनिएको सम्मेलन महासमिति बैठकका कारण केन्द्रीय सभापति शेर बहादुर देउवा ,बरिष्ठ नेता रामचन्द्र पौडेल तथा केन्द्रीय नेताको अनुपस्थित हुने भएपछी नयाँ मिति तोकिएको थियोे । स्थगित सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई केन्द्रबाट बिधान प्राप्त हुन साथ नयाँ मिति तय गरी गरिने पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए । सम्मेलन स्थगित भए पनि जिल्लामा हुने पार्टीका नियमित कार्यक्रम,संगठन विस्तार र अन्य विकासका गतिविधि भने सञ्चालन भैरहने काँग्रेसले जनाएको छ ।

  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *