काँग्रेसले क्षेत्र नम्वर १ पाल्पामा क्रियाशिल सदस्यता वितरण गर्ने

पाल्पा, पुस २४/ नेपाली काँग्रेस क्षेत्र नम्वर १ ले क्रियाशिल सदस्यता वितरण गर्ने भएको छ । क्षेत्रमा नेपाली काँग्रेसको संगठनलाई मजबुद पार्न र लोकतान्त्रीक गणतन्त्रको अनुभूति जनस्तर सम्म पु¥याउन क्षेत्रका ३९ वटै वडामा क्रियाशिल सदस्यता वितरण गर्न लागेको हो । मंगलबार रम्भा गाउँपालिकाको ताहुँमा बसेको नेपाली काँग्रेस क्षेत्र नम्वर १ को बैंठकले यही माघ महिना भित्र क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको क्षेत्रीय सभापति सन्तोष थापा मगरले जानकारी दिए । बैंठकले पालिका स्तरीय र क्षेत्रीय स्तरीय राजनितिक अगुवा कार्यकर्ताहरुलाई समसामयिक राजनितिक विषयमा समेत प्रशिक्षण दिने निर्णय गरेको छ । संगठनलाई बलियो बनाई पार्टीका गतिविधिहरुलाई चलायमान गर्ने र लोकतन्त्रलाई संस्थागत गर्ने उद्देश्यले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिईने क्षेत्रीय सभापति थापाले बताए ।

बैंकले क्रियाशिल सदस्यता वितरण गर्न विभिन्न स्थानमा संयोजक र विद्यार्थी विभाग समेत चयन गरेको छ । रामपुर नगरपालिकामा सदस्ता वितरणका लागि नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति कृष्णप्रसाद अधिकारी, रम्भा गाउँपालिकामा महासमिति सदस्य दानबहादुर पछाई, निस्दी गाउँपालिकामा महासमिति सदस्य ज्ञानबहादुर गाहा, पूर्वखोला गाउँपालिकामा जिल्ला कार्यसमितिका सदस्य झमनराज मगर र माथागढी गाउँपालिकामा पुरुषोत्तम अर्याललाई संयोजक तोकेको हो । त्यस्तै बैंठकले क्षेत्र १ को विद्यार्थी विभाग प्रमुखमा किशोर पंगेनीलाई चयन गरेको छ ।

बैंठकमा नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकालले पार्टीलाई चुस्त र मजबुद बनाउन संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाली काँग्रेसले गरेका राम्रा कामहरुलाई जनस्तर सम्म पु¥याउन नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेकाले अब संगठन विस्तार सँगै गतिविधिका विषयमा जनतालाई शु–सुचित बनाउन पार्टी कार्यकर्तालाई आग्रह गरे । क्षेत्रीय सभापति थापाले क्षेत्रमा हुने गतिविधिहरुलाई ग्रामीण क्षेत्रका हरेक जनता समक्ष पु¥याउन संगठन विस्तार अभियानमा लागेको बताए । उनले गाउँस्तर देखिनै संगठनलाई बलियो बनाएर लैजान सके मात्रा सिङ्गो पार्टी सँगै लोकतन्त्र बलियो हुनेमा विश्वास व्यक्त गरे । बैंठकमा क्षेत्रिय समितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । बैंठक क्षेत्रिय सभापति सन्तोष थापाको अध्यक्षतामा भएको हो ।

  • 78
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    78
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *