काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता : कोईराला

जनार्दन घिमिर
गुल्मी, कात्तिक ८:

नेपाली कँग्रेसका नेता एवं केन्द्रिय सदश्य डा. शेखर कोईरालाले नेकपा एमाले र माओवादीले नेपाली काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताए । उनले महाअभियोग जस्तो संवेदनशील विषयमा काँगेसले कुनै लहडको भरमा निर्णय नगर्ने बताउँदै त्यसका लागि पार्टीमा छलफल गरेर मात्र निर्णय लिने बताए ।  नेपाली काँगेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तक्र्रिया कार्यक्रमा सहभागी हुन गुल्मी आइपुगेका नेता कोईरालाले सोमबार बिहान नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताए । पत्रकार सम्मेलनका बोल्दै कोईरालाले माओवादीले नेपाली काँगेस सत्ता साझेदार होकी हैन भन्ने कुरा पनि बिर्सिएको आरोप समेत लगाए ।  उनले बाहिरी शक्तिहरु संविधान निस्कृय बनाउनका लागि देशलाई अस्थिर बनाएर राख्न खोजेको भन्दै देशलाई अस्थिरतावाट बचाउनकालागि स्थानीय तहको निर्वाचन अनिवार्य हुनु जरुरी रहेको बताए । ‘देश अत्यन्तै अफ्ठ्यारो मोडमा छ, संविधान बचाउनका लागि संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन जसरी पनि गर्नुपर्छ’ कोईरालाले भने – ‘यदी स्थानीय तहको निर्वाचन सम्भव नभएको खण्डमा अन्तिम विकल्प भनेको प्रतिनिधि सभाको निर्वाचन गरेर भएपनि संविधानलाई बचाएर राख्नुपर्छ ।’ नेता कोईरालाले संविधान संसोधनका विषयमा एमालेलाई सहमतिमा नलिई पन्छाएर सहमति हुन नसक्ने भन्दै त्यसका लागि सहमतिमा ल्याउनु पर्ने धारणा व्यक्त गरे । उनले संविधान कार्यान्वयनका लागि काँगेस, एमाले र माओवादीबीच सहकार्य गरेर अघि बढ्नुपर्ने समेत बताए ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares