कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धि ग्लोबल आइएमईको वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं, मंसिर ६/ ग्लोबल आइएमई बैंक लिले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले होटल व्यवसायीहरुकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धि वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । नेपालमा डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराउने उद्देश्यले साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा चार्टर्ड अकाउटेन्टका शेष मनि दाहालले नेपालको कर प्रणलीका विषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका नयाँ नयाँ आयमहरुको बारेमा ग्लोबल आइएमई बैंकका सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले जानकारी गराए ।


बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बेंकले १ सय ३२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १ सय ४० एटिएम, ६ वटा एक्सटेन्सनकाउण्टर तथा १ सय ४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *