कमलराज रेग्मी वर्ष पुरस्कार बज्राचार्यलाई

पाल्पा, चैत १६/ कमलराज रेग्मी वर्ष पुरस्कार तानसेनका वैद्यराज विश्वमान बज्राचार्यलाई प्रदान गरिएको छ । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा २०७५ कमलराज रेग्मी वर्ष पुरस्कार बज्रचार्य प्रदान गरिएको हो । शनिबार तानसेनमा बज्राचार्यलाई २५ हजार नगद पुरस्कार सहित दोसल्ला ओढाएर अभिनन्दन गरिएको प्रतिष्ठानले जनाएको छ । अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार मेघराज शर्माले प्रतिष्ठानले उपयुक्त पात्र चयन गरी पुरस्कृत गरेको र समय–समयमा साहित्य र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकोमा शुभकामना व्यक्त गरे । कार्यक्रममा साहित्यकार डा. शंकर गैरे, लुम्बिनी वाङ्मयका हिमलाल ज्ञवालीले सफलताको कामना सहित शुभकाना व्यक्त गरेका थिए । पुरस्कार स्व. कमलराज रेग्मीका सुपुत्र एवं साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका संस्थापक÷संरक्षक प्रा.डा. प्रकाशराज रेग्मीले स्थापना गरेका हुन् । कार्यक्रममा प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले पुरस्कृत व्यक्तित्व चयन सम्बन्धी प्रक्रिया माथि प्रकाश पारेका थिए । सोही अवसरमा मुटु स्वास्थ्य सुरक्षा सम्बन्धी जनचेतनामूलक अन्तक्र्रिया कार्यक्रम समेत भएको थियो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले प्रवचन दिनुका साथै स्वास्थ्य सम्बन्धी उठेका जिज्ञासाहरुको समाधान गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष पुस्करराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष रोहित ज्ञवालीको स्वागत , महासचिव चन्दकान्त न्यौपानेको सञ्चानलनमा भएको थियो ।

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *