एनविआरद्वारा विपन्न तथा टुहुरा बालबालिकालाई न्यानो कपडा सहयोग

पाल्पा, पुस २४/नेप्लिज ब्रर्दश रुम एन बिआर पाल्पाले तानसेन नगरपालिका ११ को गार्गी माध्यमिक विद्यालयमा न्यानो कपडाकासँगै जुत्ता मोजा र शैक्षिक सामग्री वितरण गरेको छ ।
एनबिआर पाल्पाले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययन गर्ने ४५ जना अति विपन्न तथा टुँहुरा बाल बालिकाहरुलाई सहयोग गरेको हो । विद्यार्थीको अध्ययनमा टेवा पु¥याउनुको साथै विपन्न बाल बालिकाका लागि चिसोबाट बच्न सहज होस् भन्ने उद्देश्यले सहयोग वितरण गरेको एनबिआर अभियन्ता चुरामणी पोखरेलले जानकारी दिए । देशका ७७ जिल्ला सहित विदेशमा समेत आफ्नो अभियानलाई सार्थक बनाउनका लागि सहयोग र सामाजिक कार्य गर्दै आएको अभियन्ता एड्मिन युवराज दर्लामी बताउछन् । यसैगरी एनविआर बुटवलको आयोजनामा नवलपरासी जिल्लाको वर्दघाट नगरपालिका ३, कर्मैयास्थित ज्ञानोदय प्राविमा अध्ययनरत ११ जना अनाथ बालबालिकाहरुको लागि पनि न्यानो कपडा वितरण गरेको अर्का सामाजिक अभियान्ता सुदर्शन पाण्डेले बताए । स्थानीय जनप्रतिनिधिको रोहबरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार, शिक्षक शिक्षिका, स्थानीयवासी, विद्यार्थीका अभिभावक लगायत सञ्चार कर्मीहरुको समेत उपस्थितिमा न्यानो कपडा वितरण भएको हो ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *