एकै गाउँका पचाँस जना बढी अपाङ्ग, खाना खाजाका लागि वार्षिक दुई लाख ४० हजार सहयोग

कृष्ण पोखरेल
पाल्पा, असार १९/गाउँमा जता गयो उतै अपाङ्ग, जुन घरमा छि¥यो उही घरमा अपाङ्ग, कोही एकहोरो चिच्चाउछन्, कोही एकहोरो हासिरहन्छन्, कोही बोल्न सक्दैन, कोही देख्न सक्दैन, कोही ओछ्यानमा लडिरहेका छन् । कसैलाई पशुसरह बाधिएको छ । यस्तो अवस्था देख्दा रिब्दीकोट गाउँपालिका १ ख्याहा जोगीथुममा पुग्ने जो कोहीलाई चिन्तित बनाउने गरेको छ । जिल्लाको जोगिथुमको ७० घरमा फरक–फरक किसिमका ५० जना भन्दा बढी अपाङ्गहरु रहेकाछन् । गाउँमा अपाङ्ग अवस्था बारे विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएपछि काठमाडौं महानगरपालिका १४ कलङ्कीका वासुदेव केसीको परिवारले अपाङ्गहरुको घरमै पुगी वस्तुस्थिती बुझेका छन् ।

गाउँमा अपाङ्गको स्थिति हेर्दा डरलाग्दो रहेछ कोही ओछ्यानमा मुढो झै पल्टिरहेका छन्, कोही एकहोरो चिच्चाईरहेका छन्, केही मानसिक सन्तुलन गुमेका, कोही आँखाको दृष्टि गुमाएका त, कोही बोल्न सुन्न सक्दैन, गाउभरी घुम्दा मनभरी आसु भरियो बासुदेव केसीले भने । केसी परिवारले गाउँको अवलोकन पछि दस जना अपाङ्ग परिवारलाई सहयोग गरेका छन् । १० जना अपाङ्ग परिवारका लागि नियमित खाना, खाजाका लागि केसी परिवारले मासिक दुई हजारका दरले वर्षदिनको लागि २ लाख ४० हजार रुपैयाँ सहयोग गरेका हुन् । अपाङ्ग स्वयम्ले रकम झिक्न नसक्ने भएकाले संरक्षकको रुपमा आमा र श्रीमतीलाई राखिएको छ । कुमारी बंैक मार्फत प्रत्येक महिना दुई हजार भन्दा बढी रकम झिक्न नपाईने गरी अपाङ्गहरुको खाता खोलिएको हो ।

परिवारमा सबैजसो अपाङ्ग छन्, ५ वटा बच्चा मध्ये ३ वटा अपाङ्ग, एउटा छोरो रिखे १७ वर्ष हुँदा वित्यो, एउटा छोरी सुमित्रा र छोरा बले अपाङ्ग छन्, दिनभरी नै घरमा कुरेर बस्नु पर्छ बाहिर गएर काम गर्ने अवस्था छैन, बाच्दा सम्म खुवाउनु प¥यो श्रीमान पनि अपाङ्ग छन्, काम गर्न सक्दैनन्, पैसा नहुँदा छोरा छोरीलाई खुवाउन समेत समस्या परेको समयमा सहयोगले राहत पुगेको जुनिकला कुमालले बताइन् । छोरा शिव २ वर्षसम्म राम्रो थियो, त्यस पछि विरामी भयो, पाल्पा बुटवलमा उपचार गराए, लामा धामी कहाँ देखाए ठिक भएन, आमा बाउँ कसैलाई नचिन्ने भयो । जे पायो त्यही खाने, छोरो जनावर जस्तो भएपछि ४ वर्षदेखि फलामे सिक्रीले बाँधेर बचाएको आमा पार्वतीले बताइन् । केसी परिवारले गरेको सहयोगले छोराको पालन पोषणमा सहयोग पुग्नेमा पार्वतीले विश्वास व्यक्त गरिन् । गाउँमा अशिक्षा, चेतनाको अभाव, चालचलन रितीरिवाजका कारण अपाङ्गको संख्या डरलाग्दो रहेको छ ।

सहयोग दाता केसीले सहयोग रकम रक्सी किन्न प्रयोग भएमा बीचैमा रोकिदिने बताएका छन् । गाउँमा रक्सी सेवन न्यूनिकरण भएमा आगामी दिनमा अन्य अपाङ्गहरुलाई समेत सहयोग गर्ने केसीले बताए । उनले अपाङ्गहरुलाई लत्ताकपडा समेत दिएका छन् । त्यस्तै केसीले जोगिथुमकै कालिका आधारभूत विद्यालयमा अध्यनरत अति न्यून आयश्रोत भएका बालबालिकाहरुका लागि ड्रेस सहयोग गरेका छन् । न्यून आय भएका २५ जना बालबालिकालाई डे«स सहयोग गरेका हुन् । पोशाक सहयोगले विद्यार्थीहरुको पढाईमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक शुरेस कुमालले बताए ।

सहयोग दाता केसीले अपाङ्गहरुलाई सहयोग गर्नको लागि विदेशमा रहेका साथीहरुलाई परिचालन गर्दै आएका छन् । बालबालिकालाई विद्यालयको पहुँचसम्म पुर्याउन विद्यालय दिवा खाजा सञ्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताइन् । गाउँपालिकाले दुई वर्षदेखि प्रत्येक बालबालिकाका लागि विद्यालय खाजा कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । गाउँमा रक्सी सेवन अत्याधिक छ, रक्सीकै कारण अधिकाशं व्यक्तिहरु अपाङ्ग हुन पुगेकोले गाउँमा जनचेतना तथा प्रहरी परिचालन गरी रक्सी नियन्त्रण गर्न खोजिएपनि पूर्णरुपमा सफल हुन नसकेको वडा अध्यक्ष विष्णुप्रसाद गैरेले बताए । वडा २ का वडा अध्यक्ष रामचन्द्र नेपालले सबैको सहयोगबाट अपाङ्गबस्तीलाई नमूना बनाउने गरी काम गर्नुपर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •