‘एकताको सन्देश प्रवाह गर्न बन्धुहरु एक ढिक्का’

पाल्पा, पुस २२/नेकपाका पूर्व सांसद तथा रायमाझी कुलदेवता समितिका केन्द्रिय सल्लाहकार यादवबहादुुर रायमाझीले एकताको सन्देश प्रवाह गर्न बन्धुहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
शनिबार तानसेनमा रायमाझी कूलदेवता नगर समितिको १५ औं साधारण सभालाई सम्बोधन गर्दै पूर्व सांसद रायमाझीले मुलुकमा विभिन्न जातजाति, भेषभूषा र धर्म मान्ने व्यक्तिहरु रहेकाले सबै एक ढिक्का भएर अगाडि बढे मात्रा समाज र देश बन्ने भएकाले एकताको सन्देश प्रवाह गर्न रायमाझी बन्धुहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले सबै नेपालीहरु एउटै भएकाले घर परिवार समाजबाटै एकताको सन्देश दिन पहिला बन्धुहरु एक भएर जानु आवश्यक रहेको औल्याए ।

समितिका सल्लाहकार हरि रायमाझीले बन्धुत्वको भावना उजागर गरी अन्य समुदाय र वर्गलाई पनि एक शुत्रमा बाध्न रायमाझी बन्धुहरु उदाहरणीय र अनुकरणीय बन्नुपर्नेमा जोड दिए । उनले रायमाझी बन्धुहरु मुद्दाको रुपमा नभई समाज र देशलाई एकताको शुत्रमा बाध्न एकताबद्ध भएर जान बन्धुहरुलाई आग्रह गरे ।

कार्यक्रममा समितिका सहसचिव मुना रायमाझी, कृष्णचन्द्र रायमाझी र नारायण रायमाझी लगायतले समितिलाई अझ मजबुद र सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिए । सोही अवसरमा समितिले विगतमा जस्तैः यस वर्ष पनि रायमाझी बन्धुहरुका जेष्ठ नागरिक र एसइईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । जेष्ठ नागरिक रोमबहादुर र एसइईमा सर्वोकृष्ठ अंक ल्याउने मञ्जिल रायमाझीलाई समितिले सम्मान गरेको हो । समितिका कोषाध्यक्ष कमलबहादुर रायमाझीले १ लाख ९२ हजार ३ सय ८८ बराबरको आयव्यय प्रस्तुत गरे । कार्यक्रम समितिका केशवबहादुर रायमाझीको स्वागतबाट शुरु भएको कार्यक्रम समितिका सभापति देवेन्द्रबहादुर रायमाझीको सभापतित्व र कार्यक्रमको सञ्चालन सचिव खिमबहादुर रायमाझीले गरेका थिए ।

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *