एउटै खुट्टाले नाँच्ने रोमाको नृत्यमा चकित परे पाल्पाली

सुशिल नेपाल
पाल्पा, पाल्पा महोत्सवमा एउटा खुट्टाले नाँच्ने नृत्या·ना रोमा न्यौपानेले दर्शकलाई चकित पारेकी छिन् । सानै छँदा दुर्घटनामा परेर एउटा खुट्टा गुमाउन पुगेकी न्यौपानेले दुवै खुट्टा हुनेभन्दा शसक्त नृत्य प्रस्तुत गरेर सबैलाई आश्चर्य चकित बनाइन् । पाल्पा सदरमुकाम तानसेनमा यही फागुन १२ गतेदेखि शुरु भएको पाल्पा महोत्सवको सातौँ दिन बुधबारको प्रस्तुतिमा उनको नृत्यले मेला हेर्न आएका दर्शक आश्चर्यमा परे । वैसाखीको सहारामा स्टेजमा चढेकी न्यौपानेको जव एक खुट्टाको नृत्य प्रस्तुति शुरु भयो तब धेरै दर्शकका मोवाईलमा उनी कैद भइन् संगै उनको नृत्य । उनले ‘कम्परमाथि पटुकी…’, ‘ब्लास्ट हुने वाला छ मेरो जवानी…’, ‘सुर्के थैली खोई…,’ गीतमा छमछम नाँचिन् । उनी फरक क्षमता भएका व्यक्तिहरुको प्रेरणाको स्रोत भएको दर्शकहरुले बताएका थिए । बुधबार आधुनिक गायक शिव परियारको पनि विशेष प्रस्तुति रहेको थियो ।  त्यस्तै लोकदोहोरी गायक ईन्द्र जिसी, जीवन दाहाल, सपना गाहाको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

  • 202
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    202
    Shares