उद्योग वाणिज्य संघद्वारा पाल्पाका दुई वरिष्ठ पत्रकार सहित उद्यमी र व्यवसायी सम्मानित

पाल्पा,असोज २९/ उद्यमशीलता पुरस्कारबाट जिल्लाका दुई जना वरिष्ठ पत्रकार सम्मानित भएका छन् । पाल्पा उद्योग वाणिज्य संघले आफ्नो ६४ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनको अवसरमा आज पत्रकारहरुलाई सम्मान गरेको हो । पत्रकारीताको माध्यमबाट जिल्लाको उद्योग, व्यवसायीको क्षेत्रमा महत्वपूर्ण योगदान प¥याएको भन्दै नवजनचेतना दैनिक,शितलपाटी डटकमका सम्पादक जगदीश भट्टराई, र नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारीलाई संघले सम्मान गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार चण्डीराज ढकालले नगद,प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका थिए ।

व्यवसायी, उद्यमीहरुलाई प्रोत्साहन गरी जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने गरी दुई जना पत्रकारहरुलाई हरेक वर्ष पुरस्कृत गर्ने गरी उद्यमशीलता पुरस्कारको स्थापना गरि सम्मना गरिर्दै आएको संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । संघको साधारण सभाको अवसरमा जेष्ठ सदस्य सहित शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग कला गरी सात क्षेत्रबाट जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै व्यक्ति तथा संघसस्थाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा शिक्षा क्षेत्रतर्फ न्यूहोराइजन माध्यमिक विद्यालय तानसेन, जनता नमूना उमावि तानसेन, स्वास्थ्य क्षेत्रतर्फ युनाईटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पर्यटनतर्फ पर्यटन व्यवसायी मनमोहन श्रेष्ठ, ढाकातर्फ ओम टेक्टाईल इन्डष्ट्रीज, धातुतर्फ रामलाल शाक्य, वाणिज्यतर्फ गौरिशंकर होटलका व्यवस्थापक राजु महर्जन, प्यूठानी बस्त्रालय र कृषि तर्फ शेष नारायण पाण्डे रहेका छन् । त्यस्तै गरी २०७३÷०७६ सम्म संघको कार्यसमितिमा रहेर महत्वपूर्ण योगदान गरेका कार्य समितिका सदस्य तथा पदाधिकारीहरुलाई पनि सम्मान गरिएको छ ।