उद्योगी व्यवसायीहरुद्वारा रानीमहलको अवलोकन, पर्यटकीय स्थलहरुको पहिचान गरी प्रचार –प्रसार गर्नुपर्नेमा जोड

इमान सिं राना
पाल्पा, जेठ १७/
जिल्लाका उद्योगी व्यवसायीहरुले ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रानीहलको अवलोकन गरेका छन् । उनीहरुले कालीगण्डकी उपत्यका र जिल्लाको आन्तरिक पर्यटन प्रवद्र्धधनका लागि रानीमहलको अवलोकन संगै योजना निर्माण गरेका हुन् । रामपुर उद्योग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिका र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा भएको अवलोकन पछिको कार्यक्रममा सहभागीहरुले पर्यटकीय स्थलहरुको पहिचान गरी प्रचार–प्रसार गर्नपर्नुेमा जोड दिएका छन् । उनीहरुले जिल्लामा थुप्रै पर्यटकीय स्थलहरु रहेकाले तिनीहरुको पहिचान गरी प्रचार प्रसार गर्न सके पर्यटकीय क्षेत्रको विकास गर्न सकिनेमा जोड दिएका हुन् ।

उद्योगी व्यवसायीहरुले भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै उपयुक्त गन्तव्य छनोट गरी प्रवद्र्धधनका लागि स्थानीय, प्रदेश र संघलाई उद्योग वाणिज्य संघले दवाब दिनु पर्ने बताए । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका सल्लाहकार फणेश्वर गौतमले सरोकारवालाहरुले पर्यटनको विकासको लागि नीति तथा कार्यक्रम घोषणा गरे पनि कार्यान्वयनमा ध्यान नदिदा पर्यटनको विकास हुन नसकेको बताए । उनले पर्यटन विकासको लागि उद्योग वाणिज्य संघहरुले कार्ययोजना बनाई तीनै तहका सरकारलाई दवाब दिएरै भए पनि पूर्वाधार निर्माणमा अग्रसरता देखाउनु पर्ने बताए ।

पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादव सिं कार्कीले जिल्लाको विकासको मुख्य आधार पर्यटन भएपनि राजनैतिक पुर्वाग्रहीको कारण सोचे अनुसारको फड्को मार्न नसकेको बताए । उनले समग्र विकासको लागि जुँगाको लडाईको अन्त्य हुनु पर्नेमा जोड दिए । कार्कीले पाल्पा उद्योग वाणिज्य संघले रानीमहल, भैवस्थान लगायतका क्षेत्रको प्रचारप्रसारको डकुमेन्ट्री बनाए पनि अब सबै पर्यटकिय स्थलहरुलाई समेटेर फरक फरक भाषामा अनुवाद गर्नु आवश्यक रहेको बताए । उनले जिल्लामा पर्यटकिय गन्तव्य धेरै रहे पनि पर्यटकलाई भुलाउने खालका पुर्वाधार निर्माण हुन नसकेको प्रति चिन्त प्रकट गरे ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले आफ्ना क्षेत्रको पर्यटकिय स्थलको बारेमा पूर्ण जानकारी लिनु आवश्यक रहेको बताए । अध्यक्ष ढकालले जिल्लाको पर्यटन क्षेत्रको विकासको लागि दुवै निजी संस्थाहरुले साझा धारणा बनाएर अघि बढ्ने बताए । उनले अल्पकालिन, समकालिन र दिर्घकालिन योजना तय गर्नका लागि कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा पत्रकार सिर्जना घिमिरेले पछिल्लो समय रानीघाटमा आउने पर्यटकको संख्यामा वृद्धि भए पनि उचित व्यवस्थापन र बस्ने व्यबस्था नहुँदा समस्या भएको बताईन् । उनले रानीमहलको उचित व्यवस्थापनको लागि केही शुल्क लिएर भए व्यवस्थापन गर्नु आवश्यक रहेको उल्लेख गरिन् ।

रामपुर उद्योग वाणिज्य संघका कानुनी सल्लाहाकार लेखनाथ शर्मा मरासिनीले भैरहवा अन्र्तराष्ट्रिय विमान स्थल सम्पन्न पछि पाल्पाको पर्यटन क्षेत्रको सम्भावना अझ बढ्ने बताउँदै कालीगण्डी बेशीका धार्मिक स्थल, जिल्लाको पर्यटकिय स्थलको विकास संगै प्रचार प्रसारमा ध्यान पु¥याउनु पर्ने बताए । रामपुर उद्योग वाणिज्य संघका पदाधिकारी, सल्लाहाकार, पाल्पा उद्योग वाणिज्य संघका प्रतिनिधीहरुको सहभागीता रहेको अवलोकन भ्रमण सहितको कार्यक्रममा सहभागीहरुले पर्यटकिय क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी संकलन गर्नु आवश्यक रहेको बताए । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत र महासचिव खिमबहादुर केसीको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *