आर्थिक विकास नभएसम्म दलित समुदायको उत्थान हुन नसक्ने

रमेश विश्वकर्मा
गुल्मी,चैत ३/ आर्थिक विकास नभए सम्म दलित समुदायको उत्थान हुन नसक्ने जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तम्घासमा आयोजित दलित सहकारी संस्था स्थापनाका लागि दलित साझा भेला कार्यक्रममा सहभागी दलित अधिकारकर्मीहरुले दलित समुदाय आर्थिक रुपले सवल नभएसम्म सामाजिक चेतना समेत माथि उठ्न नसक्ने बताएका हुन् । भेलालाई सहजीकरण गर्दै दलित अधिकारकर्मीग गणेश विश्वकर्माले दलित समुदायको आर्थिक र सामाजिक आन्दोलन कमजोर हुँदै गएको र दिगो हुन नसकेको अवस्थामा सहकारी मार्फत यसलाई सफल पार्न सकिने बताए । आर्थिक अवस्था बलियो र कमजोर भएकालाई समाजमा हेर्ने दृष्टिकोणमा समेत फरक रहेको भन्दै उनले दलित वर्गको आर्थिक र सामाजिक परिवर्तनको लागि उपयुक्त माध्यम सहकारी रहेकोमा जोड दिए । विश्वकर्माले पछिल्लो समय लोप हुँदै गएका दलित समुदायका कालिगढ,शिल्पकारी एवं कृषि पेशा व्यवसायहरुलाई आधुनिकीरण र व्यवसायीकीकरण गरी रोजगारी सिर्जना गर्न र जीवनस्तर माथि उठाउनका लागि अब सहकारी मोडेल अपनाउँदै आन्दोलनलाई पनि सँगै लैजानु पर्ने धारणा व्यक्त गरे । उनले दलित समुदायको उत्थानका लागि सहकारीको स्थापना गर्न लागिएको जानकारी गराए । भेलामा दलित अधिकारकर्मी रोम विश्वकर्मा, दलित नेता कृष्ण सुनार, दलबहादुर विश्वकर्मा, लुमबहादुर सुनार, धर्म विश्वकर्मा लगायतले दलित समुदायका हक अधिकार स्थापितका लागि महत्वपूर्ण माध्य सहकारी बन्ने बताए । भेलाले सहकारीको नाम के राख्ने भन्ने विषयमा प्रस्ताव गरिएको नाम बहुउद्देश्य सहकारी संस्था लिमिटेड भनि पारित गरेको छ । जिल्लाको १२ वटै स्थानीयतहमा कार्यक्षेत्र रहने उक्त सहकारीमा आर्थिक,सामाजिक र सांस्कृतिक कारण पछाडी पारिएका व्यक्तिहरु सदस्य बन्न सक्ने जनाईएको छ ।

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *