आर्थिक पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी खत्री सम्मानित

गुल्मी, पुस २७/ रेडियो रेसुङ्गा तम्घास गुल्मीका स्टेशन म्यानेजर अनिता खत्री उत्कृष्ट आर्थिक पत्रकारीता पुरस्कारबाट सम्मानित भएकी छन् । गुल्मी उद्योग वाणिज्य संघको २७ औँ साधारण सभा तथा अधिवेशनको अवसरमा शुक्रबार स्टेशन म्यानेजर खत्रीलाई संघले गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघकाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खत्रीलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए । खत्रीले सञ्चार क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गदै संघले सम्मान गरेको हो । खत्रलिे रेडियोमार्फत विभिन्न समाचारमूलक कार्यक्रमहरु सञ्चालन गर्दै स्थानीय स्तरका जनजीविकाका सवालमा कलम चलाउँदै समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएकी छन् । सम्मानित खबीले स्थानीय मिडियामा सहज रुपमा अडिन आर्थिक चुनौतिहरुसँग सामाना गर्नुपरेको भन्दै संघले गरेको सम्मानले आफुमा एउटा छुट्टै उर्जा प्राप्त भएको बताईन् । उनले महिला पत्रकारहरुलाई यसै पनि काम गर्न समस्या हुँने हुदाँ पनि विभिन्न चुनौतीहरुसँग भिड्नु परेको भन्दै संघबाट सम्मानित हुन पाउँदा अझ जिम्मेवार बोध भएको धारणा व्यक्त गरिन् । खत्रीले वि.स २०६४ सालबाट रेडियो पत्रकारिता शुरु गरेकी हुन् ।

  • 138
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    138
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *