आयआर्जनका लागि सञ्चालित चुरा बुटिक तालिम सकियो

पाल्पा (रामपुर), जेठ ४/आयआर्जनका लागि रामपुरमा सञ्चालित चुरा बुटिक तालिम सकिएको छ । महिलाहरुलाई आयआर्जनमा लगाई आत्मनिर्भर बनाउन रामपुर नगरपालिका ५ मा ४ दिनसम्म सञ्चालन भएको तालिम सकिएको हो । तालिम महिला समन्वय समितिको आयोजना र रामपुर नगरपालिका ५ वडा कार्यालयको आर्थिक सहयोगमा भएको थियो ।

वैशाख ३० गतेबाट सुरु भएको तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले नगर भित्रका महिलाहरुको जीवनस्तर माथि उठ्न बाँकी रहेको बताइन् । उनले महिलाहरुको उत्थानका लागि नगरपालिकाले पनि क्रमशः कार्यक्रम गर्दै जाने बताइन् । साथै आचार्यले महिलाहरु संगठित हुनु आवश्यक रहेकोमा जोड दिइन् । कार्यक्रममा रामपुर नगरपालिकाका न्यायिक समितिका सदस्य एवं वडा सदस्य विष्णुप्रसाद बस्याल, रामपुर नगरपालिका ५ का वडा सदस्य सावित्रा गौतम, काशीनाथ रेग्मी, माया नेपाली, समाजसेवी सरस्वती डोटेल, रामपुर नगरपालिका ५ का सचिव सविता राना, पत्रकार सीता डोटेल, समृद्धि नेपालका अध्यक्ष सावित्रा गैरे, प्रशिक्षक सुस्मिता शर्मा लगायतले बुटिकको माग बढ्दो रहेको बताउँदै यसलाई व्यवसायिक आयआर्जनको माध्यम बनाउन आग्रह गरेका थिए । सहभागी शान्ति न्यौपाने र बुद्धि थापाले प्राप्त सीपको सहि सदुपयोग गर्ने बताइन् । ४२ जना बढी महिलाहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक सुस्मिता शर्मा भट्टराईले सहजीकरण गरेकी थिइन् । महिला समन्वय समिति रामपुर ५ का अध्यक्ष नन्दकुमारी लम्साल सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रम उपाध्यक्ष सरस्वती सोमैको स्वागत, सहसचिव पुष्पा गौतमको धन्यवाद र सचिव विन्दु श्रेष्ठको सञ्चालनमा भएको थियो । तालिम समापनको अवसरमा महिला अतिथी तथा प्रशिक्षार्थीहरुलाई तालिमको क्रममा तयार भएको चुरा उपहार प्रदान गरिएको थियो । साथै जेष्ठ सदस्य तिर्थमाया ढकाल र भगवती रेग्मीलाई समेत सम्मान गरिएको समितिले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *