आन्दोलन जारी रहेपनि संविधान सभा छाड्दैनौं : दाहाल

हाम्रा संवाददाता
नवलपरासी, वैशाख ५ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान सभाबाट नै संविधान निमार्ण हुने बताएका छन् । उनले गणतन्त्र बिरोधी शक्तिहरु कांग्रेस र एमालेको संविधानसभामा प्राविधिकरुपले बहुमत भएका कारण छिटो संविधान जारी गर्न नसकिएको दावी गरे । पहिचान सहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताका पक्षमा आफूहरु रहेकाले एमाओवादीका बारेमा शकां नगर्न सर्वसाधारणमा आÞवान गरेका छन् । ‘२/४ दिन ढिलो चाडो होला तर संविधानसभाबाट नै संविधान जारी हुन्छ’, उनले भने, ’सहमतिका लागि अन्तिम बटमलाइन भनेको अन्तरिम संविधानमा उल्लेख गरिए जसरी संविधान निर्माण गर्नु हो ।’ Puspa kamal Dahal Prachanda
आफुहरुले आन्दोलन स्थगित गरेर सहमतिको प्रयत्न गरिरहे पनि सत्तारुढ दलहरुले सत्ताको लोभमा सहमति गर्न नखोजेको आरोप लगाए । नेपाली कंग्रेसको महाअधिवेशन नजिकिँदै गरेको कारण कांग्रेसले अधिवेशन अघि संविधान निर्माण गर्ने कि अधिवेशनपछि संविधान निर्माण गर्नेबारे कांग्रेस अलमलमा परेको प्रचण्डको आरोप छ । उनले भने ‘सडकमा आन्दोलन जारी रहेपनि संविधान सभा छाड्दैनौं ।’ अध्यक्ष दाहालले आफ्ना मुद्दाहरु संस्थागत गर्न पनि संविधानसभा छाडेर नजाने दोहो¥याए ।

उनले प्रदेशको संख्या यति नै हुनु पर्छ भन्ने आफ्नो पार्टी र मोर्चाको धारणा नभएको बताए । ’प्रदेशको विषयमा ६ देखि १४ जति प्रदेशमा पनि छलफल गर्न तयार छौं’, उनले भने,’संख्या ठूलो विषय होइन । मुख्य कुरा पहिचान सहितको संविधान हो त्यसैमा हाम्रो अडान कायमै छ ।’ उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक माओवादीको मुद्दा भए पनि अहिले सत्तामा रहेको कांग्रेस र एमालेलाई त्यसलाई स्वीकार गर्न पनि नसकेको र विरोध पनि गरिहाल्न नसकेको कारण सहमति नभएको बताए ।
शनिबार क्रान्तिकारी पत्रकार संघ नवलपरासीले डण्डामा गरेको पत्रकार सम्मेलनमा बोल्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकका विरोधी शक्तिहरु सत्तामा रहेका कारण संविधान निर्माणले गति लिन नसकेको आरोप लगाए । अध्यक्ष प्रचण्डले शनिबार नै नवलपरासीको डण्डामा कार्यकर्ता प्रशिक्षणमा प्रशिक्षण दिएका थिए । त्यस्तै नवलपरासीको कावासोती नगरपालिका १५ त्रिभुवनटारमा रहेको नवलपुर बहुमुखी क्याम्पसका नवनिर्मित भएको पनि उद्घाटन गरेका थिए ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *