आन्तरिक प्रतिभा प्रस्फुटनका लागि तानसेनमा बालकविता प्रतियोगिता

पाल्पा, मंसिर २९/ पाल्पा साहित्य समाजको आयोजना र पाल्पा प्यारागन बोडिङ्ग स्कुलको आतित्थ्यमा तानसेनमा बालकविता प्रतियोगिता भएको छ । प्रतियोगितामा तानसेन नगरपालिका र माथागढी गाउँपालिकाका भित्रका विद्यालयको सहभागिता रहेको थियो । विभिन्न विद्यालयका २५ जना बालवालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम छात्रा तर्फ माउण्ट भ्याली माथागढी सराईकी सुमिना कुवँर, छात्र तर्फ रिभर भ्याली स्कूल दमकडाका वैभब घिमिरे भएका छन् ।

प्रतियोगितामा न्यू होराईजन वोडिङ्ग स्कूलकी कृतिका देवकोटा, सोही विद्यालयकै किशोर पराजुली द्धितिय र पाल्पा प्यारागन बोडिङ्ग स्कुलकी संजीवनी दर्लामी, वेथल बोडिङ्ग स्कूलका संगम बस्याल तृतिय भए । यसैगरी सान्तवना तर्फ जनता विद्यालयकी दिप्ती गैरे, दमकडा माविकी सन्ध्या पराजुली, पाल्पा प्यारागन वोडिङ्गका शिशिर घिमिरे, सेन्टकपितानियो स्कूलकी सुप्रिम गैरेले भएका छन ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा पाल्पा प्यावसनका अध्यक्ष भरतप्रसाद न्यौपानेले पाल्पा साहित्य समाजले गरेको विद्यालय स्तरीय साहित्य गतिविधिले विद्यार्थीहरुलाई साहित्य सिर्जना गर्न ठूलो सहयोग पु¥याएको बताए । अध्यक्ष न्यौपानेले आगामी दिनमा साहित्य समाज र पाल्पा प्यावसन मिलेर विद्यालय स्तरीय साहित्यिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा रहेको आन्तरिक प्रतिभाहरुलाई बाहिर ल्याई समाजमा परिचित गराउन मद्दत मिल्ने बताए ।


कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले जिल्लालाई साहित्य क्षेत्रमा चिनाई राख्न र बालवालिकाहरुलाई साहित्यिक क्षेत्रमा क्रियासिल र जागरुक बनाउन संस्थाले यस्ता अभियान सञ्चालन गरेको बताए । कार्यक्रममा पद्यम पव्लिक नमुना माध्यमिक विद्यालयकी पूर्व प्राचार्य लक्ष्मी उपाध्यय, माउण्ट रिभर भ्याली स्कूलका प्रिन्सिपल प्रेम खरेल, पत्रकार कृष्ण पोखरेल, लगायतले साहित्य समाजले सञ्चालन गरेको विद्यालय स्तरीय बालकविता प्रतियोगिताले बालवालिकाको सिर्जनशिलतामा वृद्धि हुनुको साथै राष्ट्रिय स्तरका कवि बन्न सक्ने प्रतिभा जन्माउने बताए ।
प्रतियोगितामा सकुन्तला घिमिरे र कृष्णकला भण्डारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा साहित्यकार कमल खत्री, महेन्द्र पंन्थी, चिरञ्जिवी शर्मा ढुङ्गाना, पुष्कर रेग्मी, कृष्णकला भण्डारी लगायतले कविता, गजल र मुक्तक बाचन गरेका थिए । संस्थाका अध्यक्ष पुष्करराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा पाल्पा प्यारागन बोडिङ्ग स्कुलका प्रिन्सिपल गंगाबहादुर खत्रीको स्वागत र विद्यालयकै विद्यार्थी प्रियकां कुवँरको
सञ्चालनमा भएको थियो ।

  • 96
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    96
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *