आनन्द सहकारीको आठौं साधारण सभा

पाल्पा, असोज २७/ आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेनको आर्ठौ बार्षिक साधारण सभा तानसेनमा भएको छ । कार्यक्रमका प्रमुख अतिथि पाँच नम्बर प्रदेश सभा सांसद डा पुरनमान बज्राचार्यले बचत विना आर्थिक समृद्धि हासिल गर्न नसकिने बताएका छन् । र्सासद बज्राचार्यले फजुल खर्चको रुपमा रहने सानो रकमलाई संकलन गरेर सहकारी मार्फत बचत गर्न सकेमात्र देशको आर्थिक विकासामा टेवा पुग्ने बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले अब युवा पुस्ता सहकारी मार्फत जोडिएर स्वादेशमै काम गर्न सके जिल्लाबाट बढ्दो युवा पुस्तको मोहलाई कम गर्न सकिनेमा जोड दिए । कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्मा , जिल्ला सहकारी संघका सचिव जगदीश भट्राई ,लक्ष्मी बचत तथा ऋण सहकारीका अध्यक्ष हरि रायमाझी ,आनन्द सहकारीका सल्लाहकार छत्रराज शाक्य ,मिन बहादुर केसि लगायतले छोटो समयमा आन्नद बचत तथा ऋण सहकारी संस्थाले गरेको सामाजिक कार्यको प्रशंशा गर्दै सहकारी सञ्चालनलाई सहज बनाउ प्रदेशका तर्फबाट बन्ने कानुनमा सहजता प्रदान गरिदिन जिल्लाबाट निर्वाचित प्रदेश संसादहरुलाई आग्रह गरे । कार्यक्रममा सहकारीले जेष्ठ शेयर सदस्य , उत्कृष्ट बचत कर्ता , असल ऋणीलाई पनि सम्मान गरिएको छ । कार्यक्रम सचिव रत्नमान ब्रज्रचार्यको आर्थिक प्रतिवेदन ,उपाध्यक्ष तथा ऋण उपसमित संयोजक सरोजलाल शाक्यको धन्यवाद ज्ञापन र अध्यक्ष सर्जुलाल शाक्यको अध्यक्षतामा भएको थियो ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *