आदीवासी जनजाती पाल्पाको दोस्रो जिल्ला अधिवेशन

सुशिल नेपाल
पाल्पा : नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघ पाल्पाको दोस्रो जिल्ला अधिवेशन भएको छ । अधिवेशनमा नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य तथा जनजाती फाँट इन्चार्ज गोकुल घर्ती मगर प्रमुख अतिथि रहेका थिए ।
आदीवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान पूर्व उपाध्यक्ष झकबहादुर थापा मगर, नेपाल लोकतान्त्रिक मगर संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष चित्रबहादुर थापा मगर, नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघ केन्द्रीय सदस्य ज्ञानेन्द्र पुन मगर, नेकपा एमाले जिल्ला अध्यक्ष देविप्रसाद बश्याल, पूर्व केन्द्रीय लेखा आयोग सदस्य धनेन्द्रराज घिमिरे, आदीवासी जनजाती फाँट प्रमुख मोहन थापा मगर, नेपाल लोकतान्त्रिक मगर संघका केन्द्रिय सचिव भोगबहादुर थापा लगायतले अधिवेशनको सफलताको शुभकामना दिँदै आ–आफनो धारणा राखेका थिए । नेपाल आदीवासी जनजाती महासंघका जिल्ला अध्यक्ष त्रिरत्नलाल शाक्यको स्वागत, नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन टिकाबहादुर थापा मगरले गरेका थिए । अधिवेशनले टिकाबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *