आज पृथ्वी जयन्ती मनाईदैं

पाल्पा, पुस २७/नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको दुईसय ९७ औं जन्म जयन्ती आज देभर मनाईदंै छ । सरकारी स्तरबाट कुनै औपचारिक कार्यक्रम नभए पनि विभिन्न राजनीति दल, नागरिक अगुवा तथा नीजि क्षेत्रको पहलमा भने विभिन्न कार्यक्रमहरु हुँदैछन् ।

२००७ सालपछि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाईंदै आए पनि २०६२/०६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । केही वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठेपनि सरकारले निर्णय गर्न सकेको छैन । पृथ्वीनारायणको शासनकालमा नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौविसे राज्य गण्डकी प्रदेशमा थिए । यसरी टुक्राटुक्रामा विभक्त नेपाललाई पृथ्वीनारायण शाह गोरखाबाट पूर्वतर्फ अघि बढेर एकीकरणको अभियान सुरु गरेका हुन् । एकीकरण अभियानसँगै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई सबैले स्मरण गर्छन् । उनको दिव्योपदेश आज पनि नेपालका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *