आज देखि रामपुर महोत्सव शुरु रामपुर दुलहीझैं सिँगारियो

इमानसिं राना
पाल्पा (रामपुर), पुस २७/पाल्पाको रामपुरमा आज देखि फरक प्रकृतिको माहोल हुँदै छ । बच्चाबच्ची, बूढाबूढी, युवा र युवती, सबैको लागि रामपुर महोत्सव उत्सवमय बन्दैछ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् ।
पाल्पाको रामपुर फेरि एक पटक गुञ्जायमान हुँदैछ । रामपुरका मुख्य बजार यतिबेला दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ । ‘आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार’ भन्ने नाराका साथ रामपुर उद्योग वाणिज्य संघ रामपुरको आयोजनामा दोस्रो महोत्सव सञ्चालन हुन लागेको हो ।

मेलाको नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । कृषि, उद्योगको प्रवद्र्धन, कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको संरक्षण, संघको संस्थागत दिगोपनसंगै भवन निर्माणको लागि सहयोग जुटाउन मेलाको आयोजना गरिएको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिए । मेलामा स्थानीय उत्पादन, प्रतिष्ठित उद्योगबाट उत्पादित स्तरिय वस्तु सहितको ३ सय १० भन्दा बढी स्टलहरु रहने र दुई लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएका छन् ।

संघको महोत्सवबाट १० करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको छ । महोत्सवमा दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सुरक्षा गार्डको व्यवस्था गरिएको छ । महोत्सवको आकर्षणको रुपमा पर्यटकिय गन्तव्यको रुपमा रहेको तालपोखरामा बोटिङ्ग, प्यारागलाईडिङ्ग, हेलिकप्टरबाट मनोरम दृश्य अवलोकन, फोटो पर्दशनी, चिडिया घर, राष्ट्रिय स्तरमा चर्चित क्लव र भारतका क्लवहरुको सहभागीता सहितको इन्डो नेपाल भलिबल, दोस्रो रामपुर डान्स आईडल, कलाकारहरुको प्रस्तुति सहित बालउद्यान रहनेछन् । समुद्घाटनको अवसरमा गण्डकी बेसी क्षेत्रको संस्कृति झल्काउने झाँकी प्रदर्शन सहित प्यारागलाईडि·को परिक्षण उडान, आकाशबाट पुष्प वृष्टी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *