आजदेखि गुल्मीको रातडाँडामा खुला क्रिकेट प्रतियोगिता

गुल्मी, वैशाख २७/जिल्लाको ईस्मा गाउँपालिका २ रातडाडाँमा आजदेखि खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै छ । राइजिङ्ग स्टार्स युवा क्लवको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता हुन लागेको हो । क्रिकेट प्रतियोगिताको माध्यमबाट जिल्ला र राष्ट्रको खेल क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले स्थानीय युवाहरुको सक्रियतामा प्रतियोगिताको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष मधुुसुदन रायमाझीले जानकारी दिए । खेल क्षेत्रको विकास भए मात्र समाज र देशको विकास हुने भन्दै रातडाँडाका युवाहरु एक जुट भएका छन् । प्रतियोगिताको लागि तयारी पूरा भएको क्लवले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार, मेडल र प्रमाणपत्र, दोस्रो हुने समूहलाई ५ हजार प्रमाणपत्र र मेडल दिईने क्लवका अध्यक्ष रायमाझीले जानकारी दिए । प्रतियोगिताका लागि देश विदेशमा रहेका नेपाली युवाहरुबाट ठूलो मात्रमा आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।
–प्रशिक्षार्थी पत्रकार चतुर्भुज पन्थी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *