अपादर्शी ढङ्गले प्राध्यापक नियुक्त गरेको भन्दै अनेरास्ववियुद्वारा ध्यानाकर्षण

गुल्मी, मंसिर १९/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन रेसुङ्गा बुहुमुखी क्याम्पस गुल्मीले क्याम्पसमा अपादर्शी ढङ्गले आशिंक प्राध्यापक नियुक्त गरेको भन्दै गम्भिर ध्यानाकर्षण जनाएको छ । विहिबार एक प्रेस विज्ञप्ती जारी गदै क्याम्पसमा अपारदर्शी ढंगले गरिएका प्राध्यापक नियुक्ति,आर्थिक अनियमितताको छान विन,अवैध ढंगले भईरहेको, प्राध्यापकले गैर हाजिरि लगायतका विषयमा वार्तामा सहभागी संङगठन र पदाधिकारीहरुको अपमान हुने गरी क्याम्पस प्रमुख नै गैर जिम्मेवारी रुपमा प्रस्तुत भएको भन्दै संगठनले दुःख व्यक्त गरेको छ । विद्यार्थीले उठाएका मागहरु नजर अन्दाज गरी गैरजिम्मेवार बनेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । प्रेस विज्ञप्ती मार्फत संगठनले विभिन्न मागहरु समेत व्यक्त गरेको छ । जसमा अपारदर्शी दंगले विना कुनै विज्ञापन रािखएका आंशिक प्राध्यापक नियुक्ति खारेज गरी प्रतिस्पर्धाको माध्यमबाट योग्य जनशक्ति व्यवस्थापन गरिनुपर्ने,क्याम्पसमा भईरहेको आर्थिक अनियमितताको छानविनका लागि एक छानविन समिति गठन गरी सत्य–तथ्य छानवीन गरी दोषी माथि कार्वाही गरिनु पर्ने,क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रशासनमा रहेका सबै उप–समितिहरु समावेशी ढङ्गले पुर्नगठन गरिनु पर्ने माग गरिएको छ । सो संगठनका विमल छन्तेल तथा हुमाकान्त पोखरेलद्धारा हस्ताक्षित विज्ञप्तीमा आन्दोलनका कार्यक्रम स्वरुप विहिबार देखि क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चिकालिन तालाबन्दी गरेको उल्लेख गरिएको छ ।

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *