‘अनैतिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सरकारको संरक्षण’

गुल्मी, पुस २६/नेपाली काँग्रेसका युवा नेता डा.चन्द्र भण्डारीले भष्ट्रचारी, दलाली र अनैतिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सरकारको संरक्षण रहेको बताएका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा १ हुँगा स्थित झेर्दी निम्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले बहुमत प्राप्त सरकारले जनतालाई दुःख दिएर आफु मोजमस्तीमा रमाएको बताए ।

नेता भण्डारीले जनतालाई महङ्गी र करको भार बढाई दुःख दिएर सरकार आफु बढी सुविधा भोगी भएको बताएका छन् । उनले कसैले पार्टीको रसिद देखाएर वा कसैको नाममा भष्ट्राचार गर्छ भने त्यस्तालाई छाड्न नहुने धारण व्यक्त गहरे । नेता भण्डारीले विद्यालय वा शिक्षा क्षेत्रमा राजनीति नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले राजनीतिक दलका आधारमा कुनै अयोग्य शिक्षकलाई विद्यालयमा भर्ना गरिएको र अनावश्यक सुविधा प्रदान गरेको भए त्यस्ता व्याक्तिलाई कानुनी कठघरामा ल्याउने चेतावनी दिए । आफु नेपाली काँग्रेसको नेता भएता पनि विकास निर्माणका कामहरुमा राजनीतिक कुराहरु नमिसाई सबैलाई समान दृष्टिकोणले हेरेको हुनाले अन्य राजनीतिक दलका नेताहरुलाई पनि विकास निर्माणका कामहरु गर्दा राजनीतिक कुराहरु नमिसाउन आग्रह गरे  ।

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *