अनुमतिसँगै राईजिङ्ग स्कूलमा कक्षा ११ को अध्यापन शुरु

इमानसिं राना
पाल्पा (रामपुर),  भूपू सैनिक राईजि· ई·लिस स्कूल रामपुरमा मंगलबारदेखि कक्षा ११ को पठन पाठन शुरु भएको छ ।
२०५५ सालमा स्थापना भएको विद्यालयले यसै वर्ष कक्षा ११ को सम्बन्धन पाएसंगै मंगलबार विहान एक कार्यक्रमका बीच विधिवत रुपमा कक्षा ११ को अध्यापन शुरु गरेको हो । कक्षा ११ को अध्यापन कार्यको समुद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय पाल्पाका विद्यालय निरीक्षक मणी खनालले पाल्पाका ४ विद्यालयले कक्षा ११ सञ्चालनको लागि आवेदन दिएकोमा २ विद्यालयले अनुमति प्राप्त गरेको बताए । उनले सरकारी विद्यालयसंगै निजी विद्यालयले पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउँदै, भूतपूर्व सैनिकहरुले विद्यालय स्थापना गरी गरेको कार्यको प्रशंसा गरे । त्यस्तै कार्यक्रममा रामपुर स्रोत केन्द्रका स्रोतव्यक्ति नरबहादुर थापाले कक्षा सञ्चालनसंगै गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदानमा विशेष जोड दिन आग्रह गरे । कार्यक्रममा विद्यालयका प्रधान संरक्षक अनेरी क्याप्टेन धनबहादुर राना, विद्यालयका प्रबन्ध निर्देशक अनेरी क्याप्टेन रोमनबहादुर राना, आदर्श भूपू सैनिक संस्थाका अध्यक्ष सुवेदार केशरबहादुर खाँण, शेयर सञ्चालक समितिका संयोजक बलबहादुर जिसीले बोल्दै विद्यालयले स्तरीय शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराख्ने बताउँदै विद्यार्थीहरुलाई लगनशील र अनुशासित भएर अध्ययन गरी विद्यालयको गरिमा उच्च राख्न सुझाव दिएका थिए । विद्यालयले यस वर्ष कक्षा ११ को लागि शिक्षा र व्यवस्थापन संकायका लागि ९ विषयको अनुमति प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनेरी क्याप्टेन देवबहादुर थापा मश्राङ्गीको अध्यक्षता, विद्यालयका भाईस प्रिन्सिपल कमल शर्माको स्वागत र शिक्षक गोपी सिग्देलको सञ्चालनमा भएको थियो ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *