अनुदानमा कृषकलाई गोला सहितको मौरीघार

गुल्मी, जेठ २८/कृषकहरुलाई अनुदानमा गोला सहितको मौरीघार वितरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गोला सहितको मौरीघार वितरण गरिएको हो ।

नगरपालिका २ का २५ जना कृषकहरुका लागि ५० ओटा गोला सहितको मौरीघार वितरण गरिएको नगरपालिका कृषि प्राविधिक राजकुमार भण्डारीले जानकारी दिए । आर्थिक वर्ष २०७५/०७६ को नगरपालिकाको नगरस्तरीय कृषि कार्यक्रम अन्तर्गत गोला सहितको मौरीघार वडाका अगुवा मौरीपालक कृषक कृष्णबहादुर खत्रीलाई २ का वडा अध्यक्ष लक्षमण खत्रीले गोला सहितको मौरीघार हस्तान्त्रण गरेका हुन् ।

मोरी घार हस्तान्तरण गर्दै वडा अध्यक्ष खत्रीले कृषकहरुको आयआर्जमा टेवा पुगोस् भनी मौरीघार वितरण गरिएको बताए । उनले घारको सही सदुपयोग गरी आर्थिक वृद्धि हासिल गर्न कृषकहरुलाई आग्रह गरे । मुसिकोट नगरपालिका वडा २ लाई मौरीपालनको लागि उपयुक्त स्थानका रुपमा लिने गरिन्छ । पछिल्लो समयमा व्यवसायिक रुपमा मौरीपालन गरेर राम्रो आन्दानी गरी आफ्नो दैनिक आयस्तर सुधार गर्न सकिने नगरपालिकाका कृषि प्राविधिक भण्डारीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *