अधिकारी स्मृती पुरस्कारबाट पाल्पाली पत्रकार रेग्मी सम्मानित

पाल्पा, असोज २७/ निर्मला अधिकारी स्मृती महिला अधिकार प्रवद्र्धन पुरस्कारबाट पाल्पाली पत्रकार शुसिला रेग्मी सम्मानित भएकी छन् । पछौटेनपन उन्मुलन समाज (बेस नेपाल) को २६ औँ वार्षिक साधारण सभाका अवसरमा नवलपुरमा आयोजित कार्यक्रममा पत्रकार रेग्मीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तिलक महत, गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, बेस नेपालका सल्लाहकार सिता देवकोटा पाण्डे र अक्षयकोषदाता भेषराज अधिकारीले संयुक्त रुपमा दोसल्ला ओढाएर नगद र सम्मान पत्रले रेग्मीलाई सम्मान गरेका हुन् ।

पत्रकार रेग्मीले एक दशक देखि पाल्पामा रहेर महिला, बालबालिका, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरुमा सशक्त रुपमा कलम चलाउँदै आएकी छन् । सामाजिक संघसंस्थाहरुमा समेत सक्रिय रेग्मी सामाजिक विकृति, विसंगती र भ्रष्टचारका विरुद्व खरो रुपमा कलम चलाउने गर्दछिन् ।

  • 182
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    182
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *